पोखराका एक जनालाई काठमाडौंमा कोरोना संक्रमण

पोखरा, २३ जेठ/ पोखरामा बस्दै आएका हाल काठमाडौंमा रहेका एक जनामा कोरोना संक्रमण देखीएको छ ।

उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा कास्की स्थायी ठेगाना भएको जानकारी दिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि पुगेका कास्कीका ६० वर्षीय पुरुष रहेको जानकारी दिएको छ ।

पोखराका विरामी र उनका आफन्तले तोकिएका सरकारी अस्पतालमा जान नमानेपछि उनलाई सबै सुरक्षा सहित आइसोलेसनमा राखेर उपचार थालिएको ह्याम्स हस्पताल स्रोतले जानकारी दिएको छ ।

ती व्यक्तिलाई केही दिनअघि पोखराबाट हेलिकोप्टरबाट काठमार्डौ लगिएको थियो ।

कमेन्टहरु
Loading...