पोखरामा क्वारिन्टेनबाट घर फर्किएको ४ दिन पछि एक युवालाई कोरोना पोजेटिभ

पोखरा, २ असार / पोखरामा क्वारिन्टेनबाट घर फर्किएको ४ दिन पछि एक युवालाई कोरोना पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३० लेखनाथका एक युवालाई कोरोना संक्रमण देखिएको छ । क्वारेन्टिनमा १६ दिन बसेर घर फर्किएका युवामा कोरोना पोजेटिभ देखिएपछि अहिले उनलाई पोखराको कोरोना अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

मंगलबार विहान गण्डकी प्रदेशमा थपिएका १८ जना संक्रमित मध्ये लेखनाथका २२ बर्षिय युवा पनि थिए । युवा पिसिआरको रिर्पोट नआउँदै क्वारिन्टेनबाट जवरजस्ती हिडेका थिए । वडा एवं स्वास्थ्य कर्मीले घर जाने अनुमति नदिदा पनि १६ दिनसम्म बस्दा पनि पिसिआरको रिर्पोट नआएको भन्दै अटेर गरेर घर गएका उनको कोरोना पोजेटिभको रिर्पोट आएपछि मंगलबार विहान स्कुटर चढेर युवा क्वारिन्टेन स्थलमा पुगेका थिए ।

उनलाई एम्बुलेन्समा राखी विहान नै पोखरा पठाईएको पोखरा महानगर वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोख्रेलले बताए । पोखरेलका अनुसार जेठ १४ गते ति युवा त्रिभुवन शान्ति मा. वि मा निर्माण गरिएको क्वारिन्टेनमा बसेका थिए । अघिल्लो दिन सुनौलीबाट पोखरा आएका युवा अपरान्ह ४ देखी ५ बजेको समयमा पोखरा विश्वविद्यालय गेट नजिकै बसबाट झरेर क्वारिन्टेन स्थल पुगेको बताईएको छ ।

क्वारिन्टेनमा बसेको ११ दिनपछि उनको स्वाब संकलन गरिएको थियो । स्वाब दिनका लागि पनि उनि क्वारिन्टेन स्थलबाट एक किलोमिटर हिडेर २९ नम्बर वडामा रहेको क्वारिन्टेन स्थलमा पुगेका थिए । त्यहाँ स्वाव दिएपछि पुन उनि फर्किएर त्रिभुवन शान्तिको क्वारिन्टेनमा पुगेका थिए ।

स्वाब लिएको झण्डै एकहप्ता पछि मात्रै उनको पिसिआर रिर्पोट सार्वजनिक भएको हो । पिसिआर रिर्पोट नआउँदै क्वारिन्टेनमा बसेको १६ दिन पछि युवा घर फर्किएका थिए । घर पुगेको चार दिन पछि मंगलबार विहान उनि पोजिटिभ भएको सूचना आएपछि पोखरा कोरोना आइसोलेसन वार्डमा लगिएको छ ।

जेठ १३ गते सुनौलीबाट पोखरा आउँदा युवा सँगै २९ जना थिए भने क्वारिन्टेनमा उनीसँगै एकै कोठामा अर्का एक जना पनि बसेका थिए । ति व्यक्तिको विषयमा भने केही खुलाईएको छैन । संक्रमित व्यक्ति घरपुगेपछि पुन सेल्फ क्वारिन्टेनमा बसेको बताईए पनि को को सँग सम्पर्क पुगे भन्ने बारेमा कन्ट्रक टेसिङ शुरु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

क्वारिन्टेनमा रहँदा स्वाब दिएर पिसिआर रिर्पोट नआउँदै घर गएका कारण त्यस क्षेत्रमा अन्यौल सिर्जना भएको छ । स्वाबको नतिजा ढिलो आउँदा पनि थप समस्या भएको वडाध्यक्ष पोखरेलले बताए ।

उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ । लकडाउन हुनु केही दिन अघि मात्र अष्ट्रेलिया जान भनि हिडेका उनी भारतको दीललीसम्म पुगेर फर्किएका थिए । कास्कीमा कोरोना संक्रमितको सख्या ७ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म २ सय २६ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...