पोखरा मंगलबार ११ जनामा कोरोना पुष्टि

पोखरा, ९ असार / पोखरामा मंगलबार ११ जनामा कोरोना पुष्टि भएको छ । ७ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै भारत र तेस्रो मुलुकबाट पोखरा आएर क्वारेन्टिनमा बस्दै आएकालाई कोरोना पुष्टि भएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ ।

अहिले सम्म पोखरा सहित कास्कीमा २९ जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशमा एकै दिन १ सय ८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय १ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप १०८ जना संक्रमित थपिएका हुन् ।

उनीहरु सबैलाई जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी जानकारी दिएको छ । गण्डकी प्रदेशमा मंगलबार २१ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म घरफर्किनेको सख्या ९१ पुगेको छ ।

कमेन्टहरु
Loading...