पोखरामा बिहीबार कोरोना संक्रमित देखिएका लेकसाइड र अस्पतालका विरामी

पोखरा, २५ असार / पोखरामा बिहीबार कोरोना संक्रमित देखिएका चार मध्ये १ जना अस्पतालका विरामी रहेका छन् ।

दुई जना पोखरा ६ लेकसाइड र एक जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका रहेको पोखरामा महानगरपालिका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

पोखरा लेकसाइडका लकडाउन अगाडी रोल्पा घुम्न गएका केहि दिन पहिले पोखरा फर्किएका रहेका छन् । उनीहरु पोखरा फर्किएर होटलमा क्वान्टिनमा बसेका थिए ।

पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । त्यसै गरि पोखराको फेवासिटी अस्पतालमा उपचारका लागि बागलुङको बडिगाड गाउँपाकिलाबाट आएकी महिलामा देखिएको छ ।

उनको पथरीको अप्पेसनका लागि फेवासिटी अस्पताल मंगलबार आएकी थिइन् । अप्पेसन गर्नु पहिलो कोरोना भएका नभएको जाचँ गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी ४ जना आफ्न्त सहित अस्पताल नजिकैको होटलमा बस्दै आएकी थिइन् ।

बिहीबार थपिएका सहित पोखरामा ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने अहिले सम्म ३५ जनालाई निको भएको छ । कास्की जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।

गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ भने चार जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...