पोखरा १४ का एक जनामा कोरोना संक्रमण, कास्कीमा दुई जना थपिए

पोखरा, ७ असार / पोखरामा आइतबार थप एक जनामा कोरोना पुष्टि भएको छ । पोखराका १४ भेडिफारमका ४० वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितको सम्पर्कमा आएका उनको पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएका पुरुष २ असारमा कोरोना पुष्टि भएका पोखरा–१४ का ९० वर्षे वृद्धको सम्र्पकमा आएका भएको पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

कन्ट्याक ट्रेसिङ गरी पोखरा महानगरकै क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना पुष्टि भएको हो । अर्का एक जनाको भने नेगेटिभ आएको उनले बताए ।

उपचारका लागि अस्पताल पुगेका वृद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कका पश्चिमाञ्चल सामुदायिक अस्पतालका ५३ जनाको स्वाब लिएको थियो ।

उनीहरुको स्वाब परीक्षण नेगेटिभ आएको थियो । आइतबार नै कास्कीको मादी गाउँपालिकाका मादी गाउँपालिकाका १९ वर्षे युवामा पनि कोरोना पुष्टि भएको छ ।

उनी भातरबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । कास्कीमा यो सगँ १७ जनामा कोरोना पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...