फिर्के–बुलौदी सफाइ अभियानको आठौं श्रृंखलामा, सहयोग आउनेक्रम जारी

पोखरा, ८ साउन/आठौं चरणको फिर्के–बुलौंदी सफाइ अभियान शनिबार उत्साहका साथ सम्पन्न भएको छ । सिद्धार्थ चोकस्थित फिर्केखोलासँगै जोडिएको फोटोग्राफर संघ भवन वरिपरि फालिएका १६ टन फोहोरमैला संकलन गरिएको नागरिकसमाज पोखराका संयोजक एवं सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।

फिर्के–बुलौदी सफाइ अभियानको आठौं श्रृंखलामा, सहयोग आउनेक्रम जारी
फिर्के–बुलौदी सफाइ अभियानको आठौं श्रृंखलामा, सहयोग आउनेक्रम जारी

आठौं श्रृंखलाको अभियानलाई राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका तर्फबाट ४० जोर सेफ्टी ग्लोब र ६ वटा डोको, फर्निचर व्यवसायी संघ कास्कीले ५० जोर सेफ्टी ग्लोब र मास्क, अभियान युवा क्लब पोखरा ५ ले १० थान डोको, चिन्तनशील आमा समूह पोखरा ५ ले ४ वटा डोकोसहित ऐक्यबद्धता जनाएका थिए ।

सिद्धार्थ क्लबले प्राथमिक उपचार सहितको एम्बुलेन्स सेवा र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट हात धुने पानी र साबुनको व्यवस्था गरेका थिए । अभियानमा तीनवटै सुरक्षा निकाय, विभिन्न आमा समूह, टोल विकास संस्था, कास्कीका प्रजिअ हरिप्रसाद मैनाली, सशस्त्र प्रहरी बल मुख्यालयका वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हाचार्य, नेपाली काँग्रेस नगर सभापति बजिरमान श्रेष्ठ, नेकपा एमाले नगर संयोजक तेजनारायण अधिकारी, रेडक्रसकर्मी, नेपाल स्काउटका विद्यार्थी, नगरपालिकाका कर्मचारी लगायत स्थानीय जनताको व्यापक उपस्थिति रहेको थियो ।

अभियानको शुभारम्भमा क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले उपस्थित अभियन्तालाई सपथ ग्रहण गराएका थिए । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अन्त्यमा धन्यवाद ज्ञापन गरेका थिए । आगामी नवौं श्रृंखलाको सफाइ अभियान सिद्धार्थचोकसँगैको फिर्के खोलाबाट सुरु हुनेछ ।

कमेन्टहरु
Loading...