पोखरामा चिनिया पर्यटकलाई स्वागत गर्न पोखराका पर्यटन व्यवसायी रुसुवामा

पोखरा, २० जेठ/नेपालको पर्यटन विकासमा पोखरा र रसुवाका व्यवसायी संग संगै मिलेर अगाडी बढ्नेभएका छन् । नेपाल र चीन जोड्ने रसुवा गढी नाका संचालनमा आए संगै रसुवाका व्यवासायी र पोखराका पर्यटन व्यवसायी नाकाबाट चीनीया पर्यटक भित्रयाउन र नुवाकोट रसुवा क्षेत्रको पर्यटन विकासमा सघाउने बताएका छन् ।

पर्यटन यातायात समिति पोखराको आयोजनमा रसुवाको धुन्चेमा भएको कार्यक्रममा व्यवासयीले पर्यटन विकासकालागि मिलेर अगाडी बढ्नु पर्नेमा जोड्दिए । चीनको केरुङ हुदै नेपाल आउने पर्यटकहरु र पोखरा हुदै रुसुवाको दामोदर कुण्ड जाने पर्यटकहरु दिन प्रतिदिन बढेका कारण दुई क्षेत्रका व्यवसायी मिलेर अगाडी बढ्नु पर्नेमा जोड्दिएका हुन् ।

नेपालकै छोटो चीन सम्म जोड्ने सबैभन्दा छोटो अन्तर्राष्टय केरुङ नाका संचालनमा आए संगै पर्यटन व्यवसायी उत्कसाहित भएको पोखरा यातायात समिति पोखराका अध्यक्ष बोबरजंग गुरुङले बताए । नाका सडक संजाललाई स्तरउन्नती गर्न सके चीनीया पर्यटकको आगमने नेपालको पर्यटनले फड्को माने उनले विश्वास गरे । चीनीया पर्यटक पोखरा र देश भर आउजाउ गर्न सहज बनाउन सवारी संचालनको सम्भावना अध्ययन गर्न नाका सम्म अवलोकन गर्न पोखराका पर्यटन व्यवसायी पुगेका हुन् ।

सम्भावना भएर पनि छायाँमा परेको नुवाकोट, रसुवामा नाका संचालन संगै आन्तरिक तथा वाह्यि पर्यटकले पर्यटकीय चहलपहल बढेको नेपाल चीन व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए । नाका सम्मको सडक स्थरउन्नतीको काम भइहेकोले चीनीया, भारतीय र युरोपीयन पर्यटकको समेत आउजाउँ बढ्न थालेको रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताए ।

पोखरा, चितवन र काठमाण्र्डा चीनीया पर्यटकले सबैभन्दा मन पराउने गन्तब्य भएको बताउँदै उपाध्यक्ष लामिछानेले केरुङ नाका सम्म व्यवसायीले सवारी संचालन गर्नु पर्ने बताए । गोसाईकुण्ड गाउँपालीकाका अध्यक्ष कैसाङ नर्पु तामाङले रसुवाको पर्यटन विकासमा पोखरेली पर्यटन व्यवसायीले सहयोग गर्नु पर्ने बताए । धार्मीक महत्वको गोसाईकुण्ड, तामाङ सस्कृति, प्राकृतिक सम्पदाको कारण रसुवामा पछिल्लो समयमा पर्यटक आकर्षीत हुँदै गएको पनि उनले सुनाए ।

पोखरा यातायात समितिका महासचिव नवराज अधिकारीले पोखरामा चीनको केरुङबाट आउने पर्यटकहरुलाई लक्ष्त गरेर सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले त्यसका लागि सबै व्यवसाय सगँ मिलेर अगाडी बढ्ने बताए ।

कमेन्टहरु
Loading...