पोखराको शिविर मै भेटिन्छन् महिलाको आङखस्ने समस्या

पोखरा, १९ माघ/शहर मै हुने महिलाहरुमा पनि आङ खस्ने समस्या छ भन्दा धेरैले नपत्याउन छन् । तर पोखरामा भएको स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका विरामी भेटिए । पोखरा लेखनाथ महानगर पालिकाले आयोजना गरेको पोखरा ८ जनप्रिय अस्पतालमा शिविरमा परिक्षण गर्न आएकामा यस्तो समस्या देखिएको हो ।

महिलाहरुको स्तन तथा पाठेघरका समस्या सम्बन्धी सचेतना तथा स्क्रिनीङ्गमा शिविरमा आङ खस्ने समस्या भएका ६ जना महिलाहरु भेटिएको शिविरका स्वास्थ्य कर्मि गिता ढकालले बताइन् । उनले भिआए टेस्ट गर्दा २ जना महिलाको पोजेटिभ देखिएको बताइन् । बिहीबार सम्पन्न शिविरमा पोखराका विभिन्न ठाउँबाट आएका १ सय ७२ जना महिलहरुले परिक्षण गरेका थिए ।

शिविरको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाकी उपमेयर मन्जु गुरुङले महिलाहरुमा पाठेघर र स्तनको क्यान्सर बढि हुने गरेको बताउदै बेलैमा सचेत रहनु पर्ने बताइन् । उनले यस्ता शिविरहरु अन्य ठाउँमा पनि राख्नु पर्ने बताइन् । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका बरिष्ठ बालरोग विशेषज्ञ तथा जनप्रिय अस्पतालका डाक्टर यज्ञराज सिग्देलले महिलाहरुले बालबालिकालाई स्तनापान नगराउदा बढि मात्रामा स्तनको क्यान्सर हुने गरेको बताए ।

उनले ६ महिना सम्म बालबालिकालाई स्तनपान गराउन सुझाब दिए । उनले जनप्रिय अस्पतालमा आगामी दिनमा पनि यस्ताखाले शिविर राख्ने बताए । शिविरमा स्त्री रोग विशेषज्ञ पे्रम पगेनी र अन्य स्वास्थ्यकर्मिहरुले परिक्षण गरेका थिए । कार्यmक्रम पोखरालेखनाथ महानगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...