बैशाख देखी पोखरा नगर बसमा इ–टिकेटिङ (भिडियो सहित)

पोखरा, ३ चैत / पोखरा नगर बसले बैशाख देखी नगरबसमा इ–टिकेटिङ गर्ने भएको छ । पोखरा महानगरपालिका, पोखरा बस व्यवसायी, एन क्लाउड नेपाल विच आइतबार इ–टिकेटिङ सम्बन्धी सम्झौता पत्रमा हताक्षर भएको छ । एन क्लाउड नेपालले पोखराका ८ सय बसमा इ–टिकेटिङका लागि प्राविधिक रुपमा अगाडी बढाउने छ ।

यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई कार्ड उपलब्ध गराउने छन् । यात्रुले बोकेको त्यही कार्ड बसका सहचालकले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।

यात्रा कार्ड
यात्रा कार्ड

कार्डलाई १ सय ४० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । सबै बसमा लागू भए सेवा झनै प्रभावकारी हुने उनले सुनाए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले बस भाडामा ठगिएको गुनासो भएपनि इ–टिकेटिङले समस्या समाधान हुने बताए । उनले पोखरालाई स्मार्ट सिटि बनाउन र तोकिएको भाडा लिन सहयोगी हुने बताए । जिसीले पोखराको ट्राफिक ब्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए । उनले पोखरामा चल्ने गाडीहरुको स्तरबृद्धीमा समेत गर्न व्यावसायीलाई आग्रह गरे ।

पोखरा नगर बसमा इ–टिकेटिङ

पोखरा नगर बसमा इ–टिकेटिङ

Posted by Ganthan.com on Sunday, March 17, 2019

अहिले पोखरा नगरभित्रका बसमा जडान गर्ने र सफल भएमा लामो दुरीमा समेत सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए ।

पोखराबाट लामो दुरीका यातायात सञ्चालन गर्ने पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जाने छन् ।

एन क्लाउड नेपालका अधिकृत श्रेष्ठले कार्डलाई पहिलो चरणमा बस व्यवसायीले निःशुल्क बाड्ने बताए । उनले यस अगाडी काठमाडौ पनि कम्पनीले इ–टिकेटिङ शुरु गरेको बताए ।

पोखराका नगर बसमा इ–टिकेटिङ

पोखराका नगर बसमा इ–टिकेटिङ

Posted by Ganthan.com on Sunday, March 17, 2019

कमेन्टहरु
Loading...