पोखरामा बिष्फोटन गराउने तीन जना पक्राउ

पोखरा, ९ फागुन /नेकपा माओबादी ( बिप्लव समुह) ले घोषणा गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरामा विभिन्न ठाउँमा बम विस्पोट गराएको अभियोगमा कास्की प्रहरीले ३ जना पक्राउ गरेको छ । पोखराका ४ ठाउँमा बम राखेको पोखरालेखनाथ महानगरपालिका बडा नं १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम विस्पोट हुदाँ दुई जना घाइते भएका थिए ।

पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका बडा नं ३१ बस्ने नेकपा कम्यूनिष्ट पार्टी बिप्लव समुहका जनसरकार प्रमुख ५८ बर्षिय जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरालेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोट बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष ६५ बर्षिय पुष्प कार्की र पोखरालेखनाथ महानगरपालिका वडा नम्बर २५ नयाँगाउ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका ४० बर्षिय खड्क बहादुर राई रहेका छन् ।

विजयपुर पुल नजिक राखेको प्रेसर कुकर बम बिष्फोट हुदा डिउटीमा रहेका प्रहरी जवान कुल बहादुर खत्री र रिपोटिङका खटिएका रेडियो गण्डकीको स्टेसन म्यानेजर घनश्याम पाण्डे छर्रा लागेर घाईते भएका थिए । पक्राउ परेका उनीहरुलाई बिष्फोटक पदार्थ मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...