पोखरामा रगत अभाव, डेभिजफलको आकस्मिक रक्तदानमा ६३ युनिट संकलन

पोखरा, ११ जेठ /डेभिजफल क्लबले शुक्रबार आयोजना गरेको आकस्मीक रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले निर्वाचन आयोग पोखराका प्रमुख गंगालाल सुवेदीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनले रक्त अभावको समयमा रक्तदान कार्यक्रमको आयोजनाले मानव कल्याण ठूलो योगदान हुने वताए । साथै उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि कुनै कसर बाँकी नराख्नेमा आफु प्रतिवद्ध भएको कुरामा जोड दिएका थिए ।

कार्यक्रमका वडा नं. १७ का कार्यवाहक अध्यक्ष राधिका कुमारी शाही र जिल्ला रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा रक्तसञ्चार केन्द्रका संयोजक श्री डण्डराज शर्माले रक्तदान महत्वको वारेमा वोलेका थिए ।

क्लबका अध्यक्ष गोपाल बरालले रक्त सञ्चार केन्द्र पोखराले रगत अभाव भएको सूचना प्रदान गरेकाले आकस्मीक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको वताउँदै सहयोगी संघसंस्थाहरु गुप्तेश्वर महिला जागरण समाज, वराल फिड, डेभिड फल टोल विकास संस्था, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था, पशुपति हार्डवयर, मानव मिलन नारी जागरण नेपाल, लियो क्लब अफ पोखरा सेन्ट्रल भ्यालीलगाएत छोरेपाटन प्रहरी चौकी, रक्तदाता, र स्थानीय नागरिकहरुले कार्यक्रम सफल बनाउनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, छोरेपाटन प्रहरी चौकी र रक्त सञ्चार केन्द्रलाई क्लबले मायाको चिनो प्रदान गरेको थियो । क्लबका प्रथम उपाध्यक्ष ऋषिराम बरालले स्वागत र सञ्चालन महासचिव कमलकुमार भुजेल र कोषाध्यक्ष दिपक सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...