पोखरामा ५ म्याग्नेच्यूट भूकम्पले पोखरामा त्रसिएपछि मानिसहरु सडकमा

पोखरा, २ चैत / आइतबार राती गएको भूकम्पपछि पोखरामा मानिसहरुलाई त्रसित भएर सडकमा निस्का छन् । रातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् ।

कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५ म्याग्नेच्यूटको भुकम्प राति ८ बजेर ४५ मिनेटमा भूकम्प गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले गन्थन डटकमलाई जानकारी दिएको छ ।

करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।

भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए । यस अगाडी पुस १७ पनि पोखरामा भूकम्पको महसुश भएको थियो ।

कमेन्टहरु
Loading...