पोखरा २५ लाई पुर्ण खोप सुनिश्चिता घोषणा

पोखरा, ८ जेठ/पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ ।कार्यक्रममा वडा सचिब इश्वरि पोखलले महानगरबाट प्रतिनिधी नआएकोमा दुःख ब्यक्त गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

हेमजा स्वास्थ्य चौकि प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङक अनुसार १६० जना बालबालिका रहेको र उनिहरुलाइ पुर्णरुपमा खोप लगाइएको बताइन् । उनले भनिन् – यो कार्यक्रम बैशाखमा नै गर्नु पर्ने भएता पनि ४ जना बालबालिकाले खोप नलगाएकाले जेठ महिनामा गरिएको हो । कुनै पनि बालबालिका खोपबाट छुट्न नहुने र यसको लागि मिडिया र बिद्यलयबाट पनि सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडा सदस्य जितबहादुर कार्की, महिला स्वयमसेबिका अध्यक्ष शान्ता के.सी, ग्राम प्रकास प्रा.बिका प्रध्यपक मनोहरि तिमिल्सिनाले आफनो भनाइ राखेका थिए ।स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष सोभाखर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष धर्मराज बाँस्तोलाले र सञ्चालन प्रमुख बाहोराले गरिन् ।

कमेन्टहरु
Loading...