पोखरा १३ नं वडामा सार्वजनिक सुनुवाई, उत्कृष्ट दस जना कृषक सम्मानीत

पोखरा, ७ जेठ / पोखरा महानगरपालिका वडा नं १३ ले शुक्रवार वडा भित्र एक वर्षमा भए गरेका कामको प्रगती जानकारी गराउन र जनताको गुनासो सुन्नका लागी सार्वजनीक सुनुवाई कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा सहभागि १३ नं वडावासिले वडा भित्र शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगाएतका क्षेत्रमा भौतीक पुर्वाधार निर्माणमा जोड दिन आग्रह गरे । वडा नं १३ मा रहेको धार्मिक, ऐतिहासिक महत्व वोकेको पर्यटकीय क्षेत्र कमल पोखरीको संरक्षण हुन नसकेको भन्दै स्थानीयवासिले त्यस्को संरक्षणमा ध्यान दिन वडा कार्यालयको ध्यानाकर्षण गराए ।

नमूना वडा वन्दै गरेको वडा नं १३ आर्वामा वादर आतंकका कारण कृषीजन्य उत्पादनमा प्रतक्ष असर पुगेकाले वादर नियन्त्रणका लागी पहल गरिदिन किसानहरुले आग्रह गरे । नहरलाई प्रदुशित हुनवाट जोगाउन फोहर मैलालाई जथाभावि फाल्न रोक लगाउनु पर्ने, स्वास्थ्य सम्वन्धी जनचेतना जगाउनुपर्ने , छाडा चौपाय तथा भुस्याहा कुकुरहरुलाई नियन्त्रण गर्नुपर्ने, लगाएतका सुझावहरु सहभागिहरुले राखेका थिए ।

सहभागिहरुको जिज्ञासालाई सम्वोधन गर्दै वडाध्यक्ष एवं कार्यक्रमका सभापती दर्शन लामाले प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, फोहर मैला व्यवस्थापन, विकास निर्माण लगाएतका क्षेत्रमा सवैको सहयोगले मात्र नमूना वडा निर्माणमा सहयोग पुग्ने वताए । ्

सो अवसरमा वडा भित्रका उत्कृष्ट दस किसानलाई पुरस्कृत गरिएको थियो । आर्वा विजयमा रहेको स्वास्थ्यचौकीलाई एक रोपनी जग्गा निशुल्क दान गरेका खम्वा सिंह गुरुङ र कमला गुरुङलाई सम्मान गरिएको थियो । पुरस्कृत हुने किसानमा पुर्ण कुमारी गुरुङ, ध्रुव वराल, वुद्धीवहादुर विक, फुलमाया गुरुङ, गिता पहाडी, सिता ढुंगाना सिग्देल, भोजराज वराल, षडानन्द वराल, र वद्री देवकोटा रहेका छन् । उनीहरुलाई नगद रु दस हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य कृष्ण कुमारी गुरुङले वडा भित्र एक वर्षमा कृषिको क्षेत्रमा गरिएको २६ लाख ५० हजारको कार्यप्रगती विवरण प्रस्त्ुत गरिन । मौरीपालन, टनेल वितरण, भकारो सुधार, सुर्यमुखी फुल खेती, वाँझmो जग्गमा जापानीज कटुस, विउ विजन वितरण, अभिमुखीकरण तालिम जस्ता कार्य वडा कार्यालयले गर्दै आएको छ ।

वडा भित्र गठित कृषि संजालका अध्यक्ष टेकनाथ वरालले स्वागत गरेको उक्त कार्यक्रममा सामुदायीक विद्यालयका तर्फवाट घनस्याम रिजाल, संघीय समाजवादी पार्टीका नौ वहादुर गुरुङ, लगाएतले शुभकामना व्यक्त गरेका थिए भने वडा सचिव अन्जु गुरुङले कार्यक्रम संचालन गरेकी थिईन ।

कमेन्टहरु
Loading...