पोलियो पीडित डिलमायालाई प्रवासी नेपालीबाट सहयोग

पोखरा, १५ असोज / तीन वर्षको उमेर देखी पोलियो रोगबाट पीडित एक महिलालाई इजरायलमा बस्ने प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

स्याङ्जाको विरुवा नगरपालिका वडा नं ७ बस्ने वर्ष ४६ का डिलमाया गुरुङलाई फिस्टेल न्यूज डटकमका सम्पादक समेत रहेका दीपेन्द्र गुरुङको नेतृत्वमा इजरायलमा बस्ने नेपालीहरुबाट संकलित रु एक लाख १० हजार प्रदान गरिएको छ ।

सो रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सभा सदस्य समेत रहेका मीन बहादुर गुरुङले आज पीडितलाई हस्तान्तरण गरेका थिए ।

सभा सदस्य गुरुङले सानो उमेरमा पोलियोबाट पीडित गुरुङलाई हिँडडुलमा समस्या रहेको बताउँदै हात खुट्टाले टेकेरमात्र सामान्य हिँडडुल गर्ने गरेको बताए ।

सहयोग प्राप्त गरेपछि गुरुङले आफ्नो दयनिय अवस्थालाई हेरेर टाढाबाट समेत आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरिन् ।

 

कमेन्टहरु
Loading...