पृथ्वीनारायण क्याम्पस पोखरामा पठनपाठन ठप्प, आंशिक प्राध्यापकहरु अन्दोलनामा

पोखरा, १२ माघ / पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापनरत आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । प्राध्यापकहरु आइतबार देखि पठनपाठन अनिश्चित कालका लागि बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नेपाल आंशिक प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर लामो समय देखी करारमा राखेको कारण आफुहरु मासिक बेतनमा राख्न माग गरे ।

क्याम्पसमा ५ सय ४९ प्राध्यपक मध्ये २ सय १८ जना आंशिक प्राध्यपकहरु रहेका छन् । दैनिक ज्यालदारी प्रथाबाट श्रमशोषणको चेपुवामा परेको आंशिक प्राध्यपक संघका अध्यक्ष सुनिल गौतमले बताए । उनले विगतमा समेत पटक पटक सम्झौताहरु हुने तर कार्यान्वयन नहुने नभएको समस्याको कुनै सुनुवाइ नभएको बताए । उनले समस्याहरु तत्काल समाधान गनुपर्ने पर्ने भएपछि क्याम्पस प्रशासनले कुनै चासो देखाएको बताए ।

प्राध्यकहरुलाई दैनिक ज्यालादारीबाट मुक्त गरी मासिक तलव प्राप्त गर्ने गरि करार सेवामा नियुक्ति गर्न माग गर्दै लामो समय देखि सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालीन तालाबन्दी गर्दा पनि मागप्रति सुनुवाई नभएको बताए ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द बहादुर थापाले क्याम्पस प्रशासनले पनि माथिबाट स्वीकृत दिएर दरबन्दी आयो भने राख्न सकिने बताए । ‘हामीले शोषण गरेका छैना,ैं त्रिभुवन विश्वविद्यालयले तोकेको पैसा जति हो त्यसमा तलमाथि भएको भने लिखित लिएर आउनुहोस् त्यसमा म भुक्तानी दिन तयार छु ।’ उनले भने करार गर्ने, ‘स्थाइ गर्ने मेरो हातमा छैन । पटक पटक त्रिभुवन विश्वविद्यालयलाई दबाब दिएको छु, यदि यस्तै चाल हो भने क्याम्पस नचल्ने उनले बताए ।’

कमेन्टहरु
Loading...