अध्यापनले मात्र प्राध्यापक भईदैनः प्राध्यापक शेखर अधिकारी

पोखरा, ३० बैशाख /अध्ययन, अध्यापनका साथै समाज, राष्ट्र र अन्तराष्ट्रिय तहमा हुन सक्ने समस्याको पहिचान र समाधानका लागि गरीने वैज्ञानीक अनुसन्धानले मात्र विश्व बिद्यालयका प्राध्यापकहरुको गरिमा बढ्ने नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष शेखारनाथ अधिकारीले बताएका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संगठन पृथ्वी नारायण क्याम्पस ईकाइ समितिको आयोजनामा शनिवार नया वर्षको अवसरमा सम्पन्न शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख वक्ताको रुपमा अधिकारीले विचार ब्यक्त गरेका हुन् ।

शुभकामना मन्तब्य दिदै राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सचिवालय सदस्य तथा बिशेष अतिथि हुतराज शर्माले प्राध्यापकहरुमा अनुशासन हिनता बढ्दै गएकाले संगठनलाई नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा हालै त्रिभुवन विश्वबिद्यालयको सर्वोच्च शैक्षिक पद प्राध्यापकमा पदोन्नती भएका प्रगतिशिल प्राध्यापकहरु डा. सरोज कोईराला, डा. टंकराज अधिकारी र डा. उमनाथ बराललाई सम्मान तथा बधाई ज्ञापन गरेका थिए । सम्मानित ब्यक्तिहरुले पृथ्वी नारायण क्याम्पसको प्राज्ञिक उन्नयनका लागि आफ्नो योगदान निरन्तर रहिरहने प्रतिवद्धता ब्यक्त गरे ।

पृथ्वी नारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सर्वाङ्गिण विकासका लागि क्याम्पस स्थित संगठनहरुको समन्वय आवश्यक रहेको वताउदै कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले सहज रुपमा परिवर्तनलाई स्विकार गर्न नसके क्याम्पस विकासमा अवरोध हुने वताए ।

शुभकामना मन्तब्य दिदै त्रि.बि. प्राध्यापक संघका निवर्तमान केन्द्रिय सदस्य कालिदास शर्माले स्थाई तथा करारका प्राध्यापकहरुले आवश्यक लोड नलिई जागिर खाने प्रवृत्ती नहटेसम्म आंशिक प्राध्यापकहरुको वास्तविक लोड एकिन नहुने भएकाले आंशिकको समस्या समाधान गर्न स्थाई तथा करार प्राध्यापकको भुमिका महत्वपुर्ण हुने वतए ।

त्यसैगरी प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका सभापति थानेश्वर सुवेदिले नेपालका विश्व बिद्यालयका प्राध्यापकको सेवा सुविधा अन्तराष्ट्रिय मापदण्ड भन्दा ज्यादै न्युन रहेकाले सेवा सुविधा बृद्धिका लागि सम्पुर्ण प्राध्यापकहरु एक हुन अपिल गरेका थिए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरुउपेन्द्र पौडेल, गिता पौडेल, प्राध्यापक बावुराम पौडेल, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रिय सदस्य डा. गीरधारी दहाल, सन्ध्याकालीन कार्यक्रम संयोजक हिमलाल अचार्य, एम.पि.ए. संयोजक सुर्य बहादुर जि.सि., आंशिक प्राध्यपक संगठन पृथ्वी नारायण क्याम्पसका अध्यक्ष राजन क्षेत्रि, राष्ट्रिय प्राध्यापक संगठन पृथ्वी नारायण क्याम्पसका का.वाहक अध्यक्ष नविन वहादुर अधिकारी, राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रम संयोजक बिष्णुप्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने नेपाल प्रगतिशिल प्राध्यापक संगठन पृथ्वी नारायण क्याम्पसका अध्यक्ष प्रा.डा. टङ्कराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको प्रगतिशिल प्राध्यापक संगठनका पृ.ना.क्याम्पसका कार्य समिति सदस्य बिष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...