लेखनाथ महोत्सवमा पिङ २० मिनेट टुप्पोमा अड्कियो, ठुलो दुर्घटना हुनबाट जोगियो

लेखनाथ, १३ पुस / पोखराको लेखनाथमा जारी १६ औं लेखनाथ महोत्सवमा शनिबार पिङ २० मिनेट टुप्पोमा अड्किदा १६ जनाको विचल्ली भयो । पिङ बन्द पिँजडाभित्र झण्डै ८५ डिग्रीसम्म आकाशमा धकेलिने डरलाग्दो पिङ हो ।

सोहि पिङमा १६ जना खेलिरहेको बेला २० मिनेटसम्म माथि टुप्पामा पुगेर अड्कियो । त्यस भित्र रहेकाहरु खुट्टा माथि रहेको अवस्थामा थिए । ३० फिट उचाईं, त्यसमाथि उल्टो अवस्थामा रहँदा उनीहरु सबै रोई कराई गरेका थिए ।

पिङलाई डोरीको सहायताबाट तल झारेर फसेका १६ जनाको उद्धार गरिएको थियो । उद्धार पछि स्वास्थ्यमा समस्या देखिएका १० जनाको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ ।

अस्मिता क्षेत्री र शिक्षा अधिकारी उपचाररत छन् भने कबिता आले, अनिता तिमिल्सिना, सन्तोषी तिमिल्सिना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचार पछि घर फर्किएका छन् ।

पिङ हाइड्रोलिकको समस्याले माथि अड्किएको थियो । महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आक्रोश समेत पोखेका थिए । पिङमा रोकिए पछि आत्तिएर रुन कराउन थालेका थिए ।

महोत्सवमा ठुलो दुर्घटना हुनबाट जोगिएका थियो । बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सावधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् । पिङ बन्द गरिएको छ ।

कमेन्टहरु
Loading...