औद्योगिक व्यापार मेलामा आयोजीत गायन ताराको उपाधी ओमकाजीलाई

पोखरा, ४ पुस । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित मेला मंसिर २३ गते सुरु भएको थियो । मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन र बिक्री बितरण गर्दै व्यवसायीहरुलाई उद्यमशिलता सिकाउने उदेश्य राखेको छ ।

मेलामा अटो, सूचना प्रविधी, हस्तकला, कृषि, फ्लोरिकल्चर,दैनिक जीवनमा प्रयोग हुने सामाग्रीसहितका स्टलहरु रहेका थिए । पोखरा उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको हो । व्यवसाय प्रवद्र्धनको लागि मेला÷महोत्सव सहायक हुन्छ भन्ने मान्यता अनुसार संघले नै पहिलो पटक औपचारिक रुपले मेला आयोजना गर्न थालेको हो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नु भएको अनौपचारिक समापन कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले मेला सफल पार्न सघाउने सम्पूर्ण संघ÷संस्था र महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा सहभागिहरुको चाहनालाई ध्यानमा राख्दै मेलालाई अझ परिस्कृत गर्ने उहाँले वचनबद्धता पनि व्यक्त गर्नुभयो । पोखरा उद्योग वाािणज्य संघले सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायलाई आफ्नो मूलमन्त्र बनाएको उल्लेख गर्दै उहाँले उद्योगी÷व्यवसायीको समस्या समाधानमा संघ निरन्तर लागि रहने बताउनुभयो ।

आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार करिब १ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने मेलास्थलबाट ११करोड जतिको कारावार भएको छ । मेला अन्तर्गत नै आयोजना गरिएको पिसिसिआई गायन तारा २०७३को उपाधी ओमकाजी थापाले प्राप्त गर्नु भएको छ । उहाँले उपाधीसहित १ लाख नगद प्राप्त गर्नुभयो । यसैंगरी दोस्रो हुने प्रशान्ति राईले ५० हजार , तेस्रो हुने सुनिल आरडिले १० हजार, चौथो हुने विशाल रेग्मीले ३ हजार, पाचौँ हुने अनिल विकले २ हजार ५ सय र छैटौँ हुने मधुसुधन श्रेष्ठले २ हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो ।

यसैगरी कार्य समिति सदस्य यदु अधिकारीले प्रायोजन गर्नुभएको उत्कृष्ट नृत्य गर्नेलाई दिइने खसी उपहार जानु कपुरले पाउनुभयो ।  कुल २३ जना प्रतिपष्र्धीबाट छानिँदै प्रतियोगिताको फाइनलमा प्रशान्ति राई, मधुसुधन श्रेष्ठ, विशाल रेग्मी,अनिल विक,सुनिल आरडी र ओमकाजी थापा पुगेका थिए । निर्णायक र दर्शकहरुले दिएको मतको आधारमा तीमध्येबाट विजेता घोषणा गरिएको प्रतियोगिताका निर्णायक श्यामसुङ तामाङले जानकारी दिनुभयो ।

मेलाको प्रवेश टिकटमा राखिएको उपहारहरुमध्ये टिकट नम्बर ३७७५० लाई बम्पर उपहार स्वरुप टिभिएस स्कुट प्राप्त ग¥यो भने द्धितीय पुरस्कार स्वरुप ३२ इञ्चको एलइडि टेलिभिजन ३७७१० नम्बरलाई प्राप्त भयो । यसैगरी तृतीय पुरस्कार वासिङ मेसिन ३०३९ नम्बरले प्राप्त ग¥यो । सान्त्वना पुरस्कारमा राखिएको राइसकुकर ३७३०८ नम्बरका टिकटलाई प्राप्त भयो ।
यता मेलामा रहेका स्टलहरुमध्ये उद्योगतर्फ महाकाली वाइन प्रालि, व्यवसायतर्फ जुजु वयर्स, कृषि र पुष्प उत्पादनतर्फ सोन्सा एग्रो फर्म प्रालि, हस्तकलामा प्रगतिशील अल्लो समूह, अटोमा अटो भेञ्चर, रेष्टुरेण्टमा वेलकम थकाली भान्छाघर तथा संघ÷संस्थातर्फ एनएमबी बैंक उत्कृष्ट घोषित भए । संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले ती स्टलहलाई उत्कृष्ट घोषणा गरेको हो । समितिमा डम्बरसिँह गुरुङ र सन्तोष घिमिरे सदस्य रहनु भएको थियो ।

कमेन्टहरु
Loading...