पत्रकार प्रकाश ढकालको उपचारका लागि तीन लाख बढि संकलन

पोखरा, २ असार/नेपाल पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश ढकाललाई थप उपचारको लागि शुक्रबार काठमाण्डौं लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा १० दिनसम्म उपचारपछि अस्पतालले काठमाण्डौं जान सल्लाह दिएका कारण उनलाई काठमाण्डौंको नर्भिक हस्पिटलमा लगिएको हो ।

उनको शुक्रबारबाटै उपचार सुरु भएको पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिए। ढकालको उपचारमा सहयोग पु¥याउन सापकोटा काठमाण्डौ गएका हुन। पत्रकार ढकालको श्वासप्रश्वासमा समस्या आए पछि उनको उपचारको लागि करिब तीन लाख बढि आर्थिक सहयोग उपलब्ध भएको नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । त्यसै गरी सामाजिक संजाल फेसवुक मार्फत अन्य पत्रकारहरुबाट समेत ढकालको उपचार सहयोग अभियानमा सहयोग गर्नेहरुको घोषणा हुने क्रम जारी रहेको छ ।

महासंघले आज विभिन्न पत्रकारहरुले संकलन गरेको २५ हजार संस्थागत रुपमा सहयोग गरेको छ । महासंघले संस्थागत रुपमा पहिला १० हजार सहयोग गरेको थियो । पोखराका व्यवसायी तारा गिरीले १६ हजार रुपैयाँ, गोरखा मिलन समाजबाट २५ हजार, लायन्स क्लव अफ पोखरा डल्फिनबाट १५ हजार, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले ६ हजार, नेता प्रकाश खनालले ५ हजार, नेता गिरिराज गौतमले पाँच हजार, रोजिना अफसेट प्रेसले ५ हजार ५, प्रतिक अफसेट प्रेसले ५ हजार, गिरी हार्डवेयरले ५ हजार, विष्णु क्षेत्री गीता खनालबाट जनही तीन÷तीन हजार रुपैयाँ सहयोग गरेका छन्।

खेलकुद पत्रकार मञ्च कास्कीले ७ हजार, प्रेस युनियन कास्कीले १० हजार, आदर्श समाज राष्ट्रिय दैनिकले ३५ हजार, सरस्वती गुरुङबाट २५ हजार, सहारा क्लवका पदाधिकारीबाट १२ हजार २ सय ५०, संचारिका समुह पश्चिमाञ्चलबाट १८ हजार, चलचित्र पत्रकार संघबाट ५ हजार, नेता गिरिराज गौतमबाट पाँच हजार र जक्सन डटकमबाट ५ हजार सहयोग प्राप्त भएको महासंघका सह–सचिव दीननाथ बरालले बताए ।

पत्रकारहरु हरि भट्टराईले एक हजार, गणेश श्रेष्ठबाट १ हजार, रुद्र प्रसाद भट्टबाट १ हजार, केशव भण्डारीबाट १ हजार ५, गुप्त प्रसाद शर्माबाट १ हजार, गणेश बहादुर ढकालबाट १ हजार ५ सय ५, देशभक्त सिंह कुंवरबाट १ हजार, वसन्त अधिकारीबाट १ हजार, जीवन सुवेदीबाट ५ सय, रोहितराज पराजुलीबाट १ हजार २ सय, जैनव खातुनबाट ५ सय, संजल मल्लबाट १ हजार रुपैया प्राप्त भएको छ । त्यस्तै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य ओम कुमारी गुरुङबाट ५ सय, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलबाट १ हजार सहयोग प्राप्त भएको छ।

गण्डकी मेडिकल कलेज अस्पताल प्रशासनले समेत ढकालको उपचारमा सहयोग गरेकोमा महासंघका अध्यक्ष श्रेष्ठले धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरेका छन । पत्रकार ढकाल महासंघ कास्कीको कार्य समिति सदस्य तथा आर्दश समाज राष्ट्रिय दैनिकमा आवद्ध छन । गोर्खा स्थाई घर भएका ढकाल विगत ८ बर्ष देखि पत्रकारिता गर्दै आएका छन ।

विद्यार्थीले पनि गरे सहयोग
पत्रकार प्रकाश ढकालको उपचारका लागि विद्यार्थीहरुले समेत सहयोग गरेका छन्। छोरेपाटन माविमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च सहयोग गरेका हुन्। विद्यार्थीबाट संकलित दुई हजार दुई सय ५० रुपैया विद्यार्थी अनुप पौडेलले आदर्श समाज दैनिकको कार्यालय पुगेर कार्यकारी सम्पादक नवीन सिग्देललाई हस्तान्तरण गरेका थिए।

कमेन्टहरु
Loading...