पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी, विप्लव माओवादी सुरक्षा चुनौती

पोखरा, ३० वैशाख /पोखरामा प्रदेश ४ का स्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे । कार्यक्रममा प्रदेश ४ का ११ जिल्लाका सुरक्षा प्रमुखहरुले जिल्लाको सुरुक्षा व्यवस्था बारे जानकारी विप्लव माओवादी नै सुरक्षाको प्रमुख चुनौती भएको प्रस्तत गरेको एक सहभागीले जानकारी दिए ।

अधिकांस जिल्लाका जिल्ला प्रमुखहरुले विप्लव नेतृत्वको माओवादी नै जिल्लामा सुरक्षा चुनौती बनेको गोष्ठीमा प्रस्तुत गरेका हुन् ।
गोष्ठीमा देश संघियतामा गएसगैँ केन्द्र, प्रदेश र स्थानिय तहको सुरक्षामा कसरी एक रुपता ल्याउने, सिण्डिकेट अन्त्य पछिको व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा व्यवस्था र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

त्यसै गरि विभिन्न तहका धम्की गुण्डागर्दी, लागुऔषधलाई कसरी नियन्त्रणमा लिने ,राजनीतिक आवरणमा गरिने क्रियाकलापलाई कसरी निष्क्रीय पार्ने लगायतका विषयमा समेत गोष्ठीमा छलफल भएको छ । कार्यक्रमा सुरक्षा गृह सचिव प्रेम कुमार राई, प्रदेश ४ का आन्तरीक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका दिलिप राज रेग्मी, प्रदेश ४ का प्रदेश मुख्य सचिव लक्ष्मण अर्याल लगाएतको सहभागीता रहेको छ ।

गोष्ठीमा प्रदेश ४ का ११ जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारी गरि करिब १ सय जनाको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...