पर्यटन ब्यवसायी महिला मञ्चको सभासद् पहारीलाई सम्मान

पोखरा, ८ पुस /पर्यटन ब्यवसायी महिला मञ्च(ओटेफ)ले संस्था परिचय एक कार्यक्रम गरि शुक्रबार सम्पन्न गरेको छ । पर्यटन क्षेत्रमा आवद्ध महिलाहरुको व्यवसायिक हक हित र सशक्तीकरणको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित संस्थाले नयाँ सदस्य एवं अन्य पर्यटन क्षेत्रसँग आवद्धसंघसंस्था बीच संस्था परिचय गराएको हो ।

तीन महिना अघि विधिवत दर्ता भएको यस संस्थाले पर्यटन व्यवसायमा रहेका महिलाहरुलाई एकृकित गरी उनीहरुको हक हित र ब्यवसायिक दक्षतामा काम गर्ने उद्देश्य राखेको छ । सो अवसरमा भर्खर मात्रै निर्वाचित प्रदेश सभाका सांसद राजीव पहारीलाई सम्मान समेत गरिएको थियो ।

सांसद पहारीले जनताको मतलाई उच्च कदर गर्दै पर्यटन क्षेत्रको दिगो विकासमा काम गर्ने बताए । पहारीले पर्यटन क्षेत्रमा महिलाको भुमिका र योगदानको उच्च मुल्यांकन गर्नुपर्ने बताए । सोहि अवसरमा पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको बताए ।

व्यवसायि महिलाहरुको संगठित संस्था ओटेफले छोटो समयमानै धेरै काम गरेर संस्थालाई परिचित गराउन सफल भएको धारणा राखे । कार्यक्रममा हानका अध्यक्ष विकल तुलाचन, टानका अध्यक्ष दिपक अधिकारी, टेसाका अध्यक्ष नारायण सुवेदी नाटाका अध्यक्ष दिल गौतम, एनएमएका अध्यक्ष कृष्ण काफ्ले पर्यटन यातायातका मन्दिरा ढकाल पर्यटन ब्यवसायी विना लोहनी लगायतले बोलेका थिए ।

सो अवसरमा ११५ पर्यटन ब्यवसायि महिला संस्थामा प्रवेश गरेका थिए । उनीहरुलाई संस्थाका अध्यक्ष जमुना पराजुलीले खादा लगाएर संस्थामा स्वागत गरेकी थिइन् । मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको संचालन सचिव उमा भण्डारीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...