पर्यटन यातायातको विवादबारे विरेठाँटी

पोखरा, ११ असार/पर्यटन यातायात समिति पोखराको आयोजनामा तिखेढुङ्गा, नयाँपुल, घान्द्रुक ट्याक्सी व्यबसायी समितिसंगको विवादको बारेमा विरेठाँटी कास्कीमा अन्तरक्रिया हालै सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन परिषद्का सदस्य बासुदेव त्रिपाठीले अहिलेको समस्या सानो र हामीले नै समाधान गर्न सकिने भएको बताए । नेतृव गर्ने मानिस बसेर समस्याको छिटो समाधान गर्नुपनर्, बम्बु भन्ने स्थानमा पुल हालेर मर्दि हिमाल, अन्नपुर्ण बेसक्याम्पमा पुग्ने नयाँ ट्रकिङ रुट बनाउनुपर्नेमा त्रिपाठीको जोड थियो ।

सो अवसरमा नेपाल पर्यटन यातायात पोखराका संस्थापक अध्यक्ष तथा सल्लाहाकार मदन खनालले आन्तरिक समस्याले गर्दा स्वदेशी तथा विदेशी पर्यटक घटेको बताए। नेपाल पर्यटन बोर्डका बरीष्ठ अधिकृत सुर्य थपलियाले हरीयो नं.प्लोट भएको गाडी देशको सम्पुर्ण ठाउँमा लैजान पाउने भएकोले नेपालमा सिन्डीकेट हटिसकेको भनाई राखेका थिए ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँडले पर्यटकलाई सर्लसुलभ सेवा दिन सम्बन्धिभत सबै पक्षलाई आग्रह गरेका थिए । स्थानिय व्यवसायी भिमलाल सुबेदीले यातायातको निश्चित शुल्क र जनतालाई सेवा दिने यातायात गुडाउन आग्रह गरे । पर्यटन व्यबसायी कलाधर बास्तोलाले दशौं वर्ष अगाडिदेखीको समस्या नसुल्झिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च कास्कीका अध्यक्ष तारानाथ पाहारीले पोखराबाट आएका पर्यटन सवारीले निर्वाद रुपमा पर्यटक उठाउन पाउनुपर्नेमा जोड दिएका थिए । पर्यटन यातायात समिति पोखराका अध्यक्ष बोबरजंग गुरुङले यस्तो ब्यबहारबाट पर्यटन उद्योगमा नराम्रो छाप परेकोे तितो अनुभव भएको वताउदै दुःख व्यक्त गरेका थिए । समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव नवराज अधिकारीले र स्वागत उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशबहादुर खत्रीले गरेका थिए । फोटो पनि छ।

कमेन्टहरु
Loading...