पामे, ठुलाखेतलाई लक्ष्त गरि एम्वुलेन्स अभियान सुरु

पोखरा, १२ जेठ /झट् कोही बिरामी भयो महानगरपालिका भएपनि उपचार गर्ने अस्पताल छैन । अस्पताल भएको ठाउँमा लैजाउ भने भनेको बेलामा गाडी वा एम्बुलेन्स छ्रैन । यस्तो अवस्थामा एउटै मात्रै उपाए हो भगवानको नाम लिने । गाडी जति बेला पाइन्छ त्यती बेला नै बिरामीलाई लैजाने । यस्तै अवस्था छ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२, २३ र २४ को फेवाताल जलाधार क्षेत्रमा बस्ने बासीन्दाहरुको ।

यस्तो अवस्थालाई चिर्नका लागि त्यस क्षेत्रका युवाहरु हातमा हात समाएर आगडी बढेका छन् । उनीहरुले त्यस क्षेत्रका लागि एम्बुलेन्स अभियान नै चलाएका छन् । अभियानलाई पोखरा २४ पामेमा रहेको फेवा क्लबले एम्वुलेन्स ल्याउने कामको नेतृत्व गरेको छ । क्लब कै सक्रियतामा शनिबार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरका २२, २३ ,२४ र अन्नपुर्ण गाउँपालीकाको केहि भागलाई समेट्ने गरी एम्वुलेन्स अभियान संचालन सुरु गरेको छ ।

कार्यक्रमको प्रदेश सभासद् राजिब पहारीले उद्घाटन गरे । उनले मानवियकार्यमा आफुले सक्दो सहियोग गर्ने बताए । पहारीले फेवाताल जलाधार संरक्षण र अतिक्रमण गर्नेहरुलाई कानुनी रुपमा सजाए दिन ढिलाई भएको बताए ।
एम्वुलेन्स खरीदगर्न करिब २८ लाख लाग्ने अनुमान रहेको पामे क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए । तर अहिले सम्म एम्वुलेन्स खरीद गर्न करीब दश लाख मात्रै संकलन भएको क्बलका कोषाध्यक्ष सुर्यमोहन पराजुलीले जानकारी दिए ।

हाल सम्म वडा नं २४ कास्कीकोटले दुईलाख सहयोग गरेको छ भने पोखरा १८, २२, २३ र २४ का स्थानीयहरुले आर्थिक सहयोग गरेको उनले बताए । कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष विष्णु प्रसाद पराजुली, वडा नं २४ का अध्यक्ष ओम प्रसाद सुवेदी, लोक गायक कृष्ण देवकोटा लगाएतले आवश्यक सहयोग गर्ने बताए ।

कमेन्टहरु
Loading...