नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमको अध्यक्षमा कृष्ण आचार्य

पोखरा १७ चैत्र / नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न युनियनको छैठौ साधारण सभा तथा तेश्रो अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितीको उपाध्यक्षमा अञ्जना थापा, सचिवमा होमनाथ पौडेल, सह सचिवमा हिरा बहादुर आले, कोषाध्यक्षमा बिकास भट््टराई र सह कोषाध्यक्षमा लक्ष्मी शर्मा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा अरबिन्द कुमार यादव, देवी कुमारी बस्नेत, रबि मोहन सुवेदी, माधव लामिछाने र लक्ष्मी पौडेल निर्वाचित भएका छन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमको अध्यक्षमा कृष्ण आचार्य
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमको अध्यक्षमा कृष्ण आचार्य

सचिव बाहेक सम्पूर्ण पद सबसम्मत भएको अधिवेशनमा सचिवका लागी होमनाथ पौडेल र रामबिनोद महतो बीच निर्वाचन भएको थियो । निर्वाचनमा पौडेलले ३३ मत प्राप्त गरेका थिएभने महतोले २८ मत प्राप्त गरेका थिए । ७२ जना मतदाता रहेको निर्वाचनमा ६२ मत खसेको थियोभने एक मत बदर भएको थियो । त्यसैगरी युनियनको संरक्षक सल्लाहकारमा जितेन्द्र पौडेल र सल्लाहकारहरुमा नरेन्द्र बास्तोला, नरेश पौडेल, कालिदाश शर्मा, सन्तोष अधिकारी, गंगा थापा र लक्ष्मी कुंवर लाई चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै एबिसी टेलिभिजन चार नम्बर प्रदेशका ब्युरो प्रमुख एम बी आस्था मगरले कुनैपनि संस्थालाई बचाउनका लागी कर्मचारीको ठूलो भुमिका रहने वताउदै कर्मचारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्र आफैमा एक संवेदनशील क्षेत्र रहेको भन्दै यस क्षेत्रमा काम गर्ने मजदुरहरु अझ बढी जिम्मेवार हनुपर्ने वताए । त्यसैगरी युनियनका सल्लाहकार एवं निर्वाचन कमिटीका प्रमुख नरेन्द्र बास्तोलाले जुनसुकै पदमा रहेर काम गर्ने मजदुरहरु पनि समान रहेको भन्दै आफ्नो हक र हितका निम्ती सम्पूर्ण मजदुरहरु एकताबद्ध भएर अगाडी वढ्न आग्रह गरे ।

उक्त अवसरमा यो वर्ष पद्म नर्सिङ होमबाट विदाइ भएर गएका कर्मचारीहरु कुशमाया गुरुङ, उमाकान्त रेग्मी, एक बहादुर कार्की र नविन मरासिनी लाई विदाइ एबम सम्मान गरिएको थियो ।

युनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पद्म नर्सिङ होम प्रालिका सहायक ब्यवस्थापक एवं युनियनका सल्लाहकार नरेश पौडेल, संस्थाका मेट्रोन रजनी पालिखे, सल्लाहकार लक्ष्मी कुंवर, सम्मानित ब्याक्तित्वको तर्फबाट नविन मरासिनी लगायतले वोलेका थिए । युनियनका उपाध्यक्ष कालिदाश शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...