पोखरा महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल वेपत्ता

पोखरा, ९ असार/पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् ।

शनिबार विहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको छ ।

उनी घरबाट निस्किएपछि सेतीमा किनारमा एउटा शव फेला पारेको थियो । यद्यपी उक्त शव पुरानो र अर्कैको भएको प्रहरीले जनाएको छ । पौडेलको खोजी अहिले पनि जारी छ ।

घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनी विहान आठ बजेको एउटा कार्यक्रममा शर्मा प्रमुख अथिति थिए । तर कार्यक्रममा नआए पछि उनको खोजी भएको थियो ।

कमेन्टहरु
Loading...