एनआरएन अध्यक्षमा शेष घले बिजयी

काठमाडौ, ४ कात्तिक/गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका शेष घले बिजयी हुनुभएको छ । केहीवेरअघि सम्पन्न मतगणनाअनुसार घले ६० प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएको बताइएको छ । अधिकांश पदमा घले सर्मथित पदाधिकारीले जित हात पारेका छन् ।shesh-ghaleअध्यक्षमा घले र तेन्जी शेर्पावीच प्रतिस्पर्धा भएको थियो । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन् । यस्तै युरोप संयोजकमा अर्जुन श्रेष्ठ बिजयी भएका छन् ।

सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रकृयामार्फत अध्यक्ष चुनिएको हो । उम्मेदवारी दर्ता गरेको पाँचमध्ये हितमान गुरुङ, रामप्रताप थापा र रामेश्वर साहले घलेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

कमेन्टहरु
Loading...