एनआरएनए अध्यक्षमा घले विजयी

काठमाडौ, ४ कात्तिक /गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका धनाड्य शेष घले बिजयी भएका छन् । बिहान सम्पन्न मतगणनाअनुसार घलेले अध्यक्षका अर्का उम्मेदवार तेञ्जी शेर्पालाई हराएका हुन् । घलेले ५ सय १० मत पाए भने शेर्पाले २ सय ८० मत मात्र पाएका छन् । shesh-ghale

यसैगरी अन्य अधिकांश पदमा पनि घले सर्मथित पदाधिकारीकै वर्चश्व रहेको छ । उपाध्यक्षमा जापानका भवन भट्ट बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन् । भट्टले ३ सय ४८, पन्तले ३ सय ९५, थापाले २ सय ७२ र केसीले ४ सय ७२ मत पाएका छन् । यसैगरी संघको एसिया संयोजकमा गंगा राई, उपसंयोजकमा रोविन्द्रप्रसाद श्रेष्ठ, यूरोप संयोजकमा अर्जुन श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका र अफ्रिका संयोजकमा हिक्मत थापा विजयी भएका छन् ।
अध्यक्षका प्रत्यासी घलेलाई समर्थन गर्दै थप तीन प्रतिस्पर्धीहरु रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनको विजय सहज भएको हो ।

कमेन्टहरु
Loading...