पोखरा सहितका क्षेत्रमा चट्याङ र हुरी आउन सक्ने, सतर्क रहन आग्रह

पोखरा, २९ चैत/जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।

मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

प्रदेश ५, गण्डकी प्रदेश, लगायत वाग्मती प्रदेश तथा प्रदेश १ को पहाडी भू भागमा मेघ गर्जन र चट्याङ तथा हुरी वतास सहित वर्षा गराउने बादल विकशित भईरहेको देखिएको हुनाले सतर्कता महाशाखाले जनाएको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी पहाडी भू-भागमा सामान्य बदली भई थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षा भइरहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र   गते (शुक्रबार)

रातीः  देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

चैत्र  २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आँशिक  बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र  ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।पूर्वी  भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आँशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

कमेन्टहरु
Loading...