देशभरका क्याम्पसमा नेविसंघको विरोध प्रदर्शन

स्ववियु निर्वाचन, इन्धन र पुस्तकमाथिको कर घटाउँन माग

पोखरा, १८ फागुन / नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार पोखराका क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने नेविसंघको पूर्व निर्धारित कार्यतालिका अनुसार पोखरामा पनि प्रदर्शन गरिएको हो ।

नेविसंघले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, वन क्याम्पस, पोखरा इन्जिनिएरिगं कलेज लगायतका क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगायतको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले बिहान ९ बजेदखि साढे ९ बजेसम्म देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको नेबिसंघ निवर्तमान केन्द्रीय सदस्य सरोज केसी ले जानकारी दिए ।

नेविसंघले बिहान ९ बजेदेखि आधा घण्टा देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । नेविसंघले यो आन्दोलनलाई आफ्ना माग पूरा नभएसम्म जारी राख्ने जनाएको छ ।

‘हामीले यो भ्रष्ट सरकारले अनावश्यक रुपमा लगाएको करको विरोध र युनियनको निर्वाचन चाँडो गर्नका लागि दबाब दिन विरोध प्रदर्शनको कार्यक्रम अगाडि सारेका हौं,’ विद्यार्थी नेता केसीले भने, ‘यदी यसको सुनुवाइ भएन भने हामी थप सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्छौं ।’

पोखरा का विभिन्न क्याम्पस मा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सरोज केसी निवर्तमान केन्द्रीय सदस्य भानु ढकाल, आमन्त्रित पूर्व केन्द्रीय सदस्य हेमन्त पाण्डे, निवर्तमान कास्की सभापती विकास थापा, दीपक शर्मा, फिरोज सुवेदी, बिनय पौडेल, निरोज लामिछने, नमु बुढाथोकी, कैलाश चन्द्र बराल, रमेश चन्द्र बराल , शुभम पौडेल, युवराज पौडेल, शिव पौडेल, आशिष न्यौपाने लगायतले विरोध कार्यक्रममा बोलेका थिए ।

कमेन्टहरु
Loading...