नयाँ बजार रामघाट धार्मिक संस्थाद्धारा पत्रकार अथक सम्मानित

पोखरा, २७ माघ/पोखराका पत्रकार कमल पौडेल अथक शुक्रवार पोखरामा सम्मानित भएका छन् । नयाँवजार रामघाट क्षेत्र विकास समतितिको छैंटौ वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई नगद, दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो ।

सामाजिक, सास्कृतिक र धार्मिक गतिवधिलाई मिडिया मार्फत जनसमक्ष ल्याएको भन्दै उनलाई सम्मान गरिएको समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहेका कमल पौडेल अथक रेडियो सराङकोट, गोल्डेन आई टेलिभिजन, छुस्के डटकम लगायतका मिडियामा कार्यरत छन् ।

यसैगरी समाजमा शान्ति सुरक्षा कायम गर्न मुख्य मूमिका खेलेको भन्दै संस्थाले प्रहरी हवल्दार कमल श्रेष्ठलाई पनि नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।  यसैगरी वालरत्न अक्षयकोष मार्फत सुशील गोशेली, युवराज श्रेष्ठ, जगतकृष्ण कर्माचार्यलाई दोसल्ला सहित कदर पत्रले संस्थाले सम्मान गरेको छ ।

सो अवसरमा वोल्दै वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले धार्मिक संघ संस्थाको संरक्षण आजको आवस्यकता भएको वताए । उनले सामाजिक संघ संस्थाको सक्रियताले नै संस्कार र संस्कृति संरक्षण हुने धारणा व्यक्त गरे ।

समितिका अध्यक्ष रामजीप्रसाद कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी गणेशवहादुर श्रेष्ठ, देवदत्त कोईराला, नेपाली कांग्रेस वडा नं ९ का इकाई समापति उमा ठकुरी, नेकपाका अध्यक्ष प्रकाश शर्मा, समाजसेवी हेरम्वप्रसाद कोईराला, युवराज श्रेष्ठ, उपाध्यक्ष वेदकुमार श्रेष्ठ र उत्तम जोशीले पनि वोलेका थिए । सो अवसरमा विभिन्न दाता सहित १५ वटा संघ संस्थालाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन पारित भएका छन् ।

कमेन्टहरु
Loading...