घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौ लगियो

सागर राज तिमिल्सिना

पोखरा, २९ वैशाख /प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी वाथरुममा लडेर गम्भिर घाइते भए पछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । उनलाई काठमाडौ स्थित न्युरो हस्पिटलमा उपचार भईरहको सुरक्षा निकायले जानकारी दिएका छन् ।

शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी दिऊसो साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि फेवासिटी हस्पिटल पुर्‍याएका थिए। फेवासिटीमा सिटि स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको थियो । त्यस पछि सभामुख अधिकारीलाई इन्जियोग्राफि गर्न मेट्रोसिटी हस्पिटल लगिएको थियो ।

शुक्रबारै काठमाडौ स्थित न्युरो हस्पिटल लैजाने तयारी भए पनि हेलिकप्टर नआए पछि मणिपाल अस्पतालको आसियुमा राखीएको उनका सहयोगीले बताए ।  सभामुखको स्वास्थ्य स्थितिको जानकारी लिन तथा  स्वास्थ्य लाभको कामना दिन प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूले अस्पताल पुगेका थिए।

कमेन्टहरु
Loading...