निबन्ध लेखन र ​चित्रकलाको नजिता प्रकाशन तथा पुरस्कार बितरण

पोखरा , १८ फागुन/भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. ले  गत फागुन ४ गते आईतबार आयोजना गरेको निबन्ध लेखन र चित्रकला प्रतियोगिताको नजिता प्रकाशन र पुरस्कार बितरण सम्पन्न गरेको छ ।पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयमा माध्यमिक र आधारभुत गरि दुई तहमा संचालन​ भ​एको निबन्ध लेखन र आधारभुत तहमा संचालन​ भ​एको चित्रकला प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गर्दै प्रथम, दित्तिय, तृतिय र सान्त्वनालाई नगद पुरस्कार प्रदान गरिएको हो ।

बिद्यालयको बार्षिक उत्सवको अबसर पारेर फागुन १७ गते शनिबार दुबै प्रतियोगिताका नतिजा घोषणा गर्दै पुरस्कार प्रदान गरिएको हो । बिजेताहरुलाई संघिय सांसद एवं पुर्व मन्त्री खगराज अधिकारी, मञ्चका अध्यक्ष नबराज अधिकारी, कार्यक्रम संयोजक सन्तोष अधिकारी, मञ्चका उपाध्यक्ष बिकास कडेल, कोषाध्यक्ष शुशिला अधिकारी सिग्देल लगायतले नगद पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरेका थिए ।

निबन्ध लेखन माबि कक्षा ९-१२ तर्फ कक्षा ९ का छात्र सागर तिवारी प्रथम, कक्षा १२ कि छात्रा बिन्दु बुढाथोकी दित्तिय, कक्षा १० कि छात्रा सोनाम तिवारी तृतिय र कक्षा ११ कि छात्रा तारा पाण्डेले सान्त्वना स्थान प्राप्त गरेका छन् भने आधारभुत तह कक्षा ६ – ८ तर्फ कक्षा  ८ कि छात्रा अञ्जली तिवारी प्रथम, कक्षा ८ कै छात्रा सुदिपा थापा दित्तिय, कक्षा ७ का छात्र युनिक नेपाली तृतिय र कक्षा ८ का छात्र बिश्वास पाण्डेले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनिहरुले क्रमस रु ३ हजार, रु २ हजार, रु १ हजार र रु ५ सय नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, आधारभुत तहमा भ​एको चित्रकला प्रतियोगिताको पहिलो समुहमा यमन सुनार प्रथम, सन्दिप नेपाली दित्तिय र सपना रानाभाट तृतिय भएका छन् भने दोस्रो समुहमा एलिना तिवारी प्रथम, करुणा यादव दित्तिय र सौरभ रानाभाट तृतिय हुदैं उनिहरुले क्रमस रु ५ सय, रु ३ सय र रु २ सय नगद पुरस्कारको साथमा प्रमाण पत्र प्राप्त गरेको भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. का अध्यक्ष नबराज अधिकारीले जानकारी दिए ।

नगद पुरस्कारको प्रायोजन पोखरा ३१ खोलाबेसी निवासी युवा उद्यमी एवं सोही बिद्यालयका भूपू बिद्यार्थी शंकर सुबेदीले गरेका थिए भने सहभागीको कपि परिक्षण नेपाली बिषयका प्राध्यापक, भाषाविद एवं लेखक शिबहरी सुबेदीले गरेका थिए ।

माध्यमिक तह कक्षा ९ देखि १२ सम्मको लागि  नेपाल भ्रमण बर्ष २०२० का अबसर चुनौती  बिषयक र आधारभुत तह कक्षा ६ देखि ८ सम्मको लागि पोखरामा पर्यटनको सम्भावना चुनौती बिषयक निबन्ध लेखन प्रतियोगिता आयोजना  गरिएको थियो भने आधारभुत तह कक्षा १ देखि ५ सम्मका लागि दुई समुहमा खुल्ला चित्रकला प्रतियोगिता गरिएको थियो ।

माध्यमिक तहको निबन्ध लेखनमा १० जना, आधारभुत तहको निबन्ध लेखनमा १६ जना र चित्रकलामा १० जना गरि ३६ जना बिद्यार्थीको प्रतियोगितामा सहभागीता रहेको भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. का सदस्य एवं कार्यक्रम संयोजक सन्तोष अधिकारीले जानकारी दिए । बिद्यालयले आन्तरिक मुल्याङ्कन गराई प्रतियोगितामा सहभागी हुने बिद्यार्थी छनोट गरेको थियो ।

यसै कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका आनन्द ज्योति मा. बि. पुर्व बिद्यार्थी,  संघिय सांसद एवं पुर्व मन्त्री खगराज अधिकारीलाई भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि.  को आजिबन सदस्यता प्रदान गरि सदस्यता खुल्ला गरिएको मञ्चले जनाएको छ ।

सदस्यता प्रदान
कमेन्टहरु
Loading...