नारी सेवा समिति कास्कीको अध्यक्षमा लक्ष्मी कुँवर

पोखरा , २६ जेठ/नारी सेवा समिति कास्कीको अध्यक्षमा लक्ष्मी कुँवर सर्वसम्मत निर्वाचित भएकी छन् । नारी सेवा समिति कास्कीको शुक्रबार पोखरामा सम्पन्न १३ औं बार्षिक साधारणसभा एवं छैंटौ अधिबेशनले कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा बिष्णु पराजुली, सचिबमा लक्ष्मी बास्तोला, सहसचिबमा देबी श्रेष्ठ र कोषाध्यक्षमा सुनिता सेन्चुरी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा माधबी थापा, गोमा सोती, भगवती घिमिरे, बिष्णु कुमारी पौडेल, सारदा देबी कोइराला र रमा घिमिरे चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले महिलाहरु संगठित भएर समाजसेवामा लाग्नु सकरात्मक भएको भन्दै नारी सेवा समिति कास्कीले गरेका कामको प्रशंसा गरे ।

समितिका निबर्तमान अध्यक्ष सबिता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष अम्विका नेपाल , पुर्व अध्यक्ष कल्पना गौतम,सल्लाहकार तारा बस्नेत लगायतले आ-आफ्नो भनाई राखेका थिए । साधारणसभाबाट सचिबको प्रतिबेदन र आर्थिक बर्ष २०७३/०७४ को लेखा परिक्षण प्रतिबेदन समेत पारित गरिएको निबर्तमान अध्यक्षआचार्यले जानकारी दिईन् ।

कमेन्टहरु
Loading...