लायन्स क्लब अफ पोखरा लेकसिटीको अध्यक्षमा कोइराला

पोखरा, २३ चैत /लायन्स क्लब अफ पोखरा लेकसिटीको बर्ष २०१९ का लागि अध्यक्षमा नारायण कोइलारा चयन भएका छन् । पोखरा उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष समेत रहेका कोइराला शनिबार चयन भएका हुन् ।

प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा काशीनाथ काफ्ले, तृतिय उपाध्यक्षमा सुर्य थापा सचिबमा सुनिल मानन्धर चयन भएका छन् ।

त्यसै गरि कोषाध्यक्षमा विध्या मरासेनी, सहसचिबमा विश्वमोहन अधिकारी, मेम्बरसिप चियर पर्सनमा नारायण शर्मा, एआइएफ कोडिनेटरमा विन्दुकुमार थापा, चिफसर्विबिस चियर प्रसर्नमा सुर्य श्रेष्ठ सुरज, सवमार्केटिङ केमिनिकेटरमा बैकुण्ठ रञ्जितकार, टेमरमा राजेशमान बुद्धाचार्य, टेलटुस्टरमा बचमान बुद्धाचार्य रहेका छन् ।

पोखरा लेकसिटी पोखराको चौथो लाइन्स क्लब हो । निर्वाचन समितिको संयोजकमा मिनराज काफ्ले थिए । निर्वतमान अध्यक्षमा मदन केसी रहेका छन् ।

कमेन्टहरु
Loading...