राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नारायणकाजी र भगवती विजयी

पोखरा, ९ माघ/ राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपाका उमेद्वार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् ।

‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि भएको निर्वाचनमा श्रेष्ठ र न्यौपाने विजयी भएका हुन् । नेकपाका नारायणकाजी श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गर्दै विजयी हुदाँ नेपाली काग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरे । त्यसै राष्ट्रिय जनमोर्चाका उमेद्वार शंकर प्रसाद बरालले १ सय ९८ मत प्राप्त गरे ।

त्यसै गरि महिला तर्फ नेकपाकी उमेद्वार भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गर्दै विजयी बनिन् । नेपाली काग्रेसकी उमेद्वार विमला गौचनले २ हजार ३ सय ४० मत प्राप्त गरिन् ।

२ सय ३० मतदाता २ सय २८ मत खसेको थियो । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेका थिए ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । गण्डकी प्रदेशमा प्रदेशसभाको दुई हजार ८ सय ८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५ हजार ९ सय ४० मतभार रहेको थियो ।

कमेन्टहरु
Loading...