नारायण गोपालको स्मृतिमा पोखरामा साँगीतिक कार्यक्रम हुने

पोखरा, १६ मंसीर/स्वरसम्राट नारायण गोपालको २३ औं स्मृति दिवसको अवसरमा पोखरामा “नारायण गोपाल स्मृति साँगीतिक कार्यक्रम २०७०” हुने भएको छ । मंसिर १९ गते बुधवार विन्ध्वासिनी स्थित पुरानो माल अड्डा प्राङ्गणमा उक्त कार्यक्रम आयोजना हुने भएको छ ।कार्यक्रममा रामभक्त जोजिजु, बाबा राणा बज्राचार्य, पशुपती गुप्ता, विनोद बानिया लगायका कलाकारको विशेष प्रस्तुती रहने भएको कार्यक्रम संयोजक जोजिजु म्युजिक सेन्टरका संस्थापक एवं गायक विनित जोजिजुले बताए । पोखराका संगीत प्रशिक्षण संस्थाहरु संगीत प्रशिक्षण केन्द,्र शारदा संगीतालय, सयपत्री संगीत प्रशिक्षण केन्द्र, जोजिजु म्युजिक सेन्टर, त्रिवेणी संगीतालय र गुरुकुल संगीत कलाकेन्द्रको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा आवद्ध आयोजक संस्थाहरुको तर्फबाट नारायण गोपालका कालजयी आधुनिक गीतहरु प्रस्तुत हुने जोजिजुले जनाए ।
कार्यक्रमलाई सफल बनाउन सुरेन्द्रमान बिजुच्छे, श्यामलाल श्रेष्ठ, खगेन्द्रराज पराजुली, गौतम बिजुच्छे, नवराज बराल, तिर्थराज पोख्रेल, विमल श्रेष्ठ, मितुपाल, राजा मुखिया, श्रीमान थुलुङ्ग, लाक्पा लामा सहितको समिति गठन गरिएको छ । सो कार्यक्रमको सल्लाहकारमा संगीतकर्मी कृष्ण बहादुर श्रेष्ठ चयन गरिएको छ । संयुक्त रुपमा गर्न लागिएको कार्यक्रम संगीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीको रजत महोत्सव को अवसर पनि रहेको संयोजक जोजिजुले बताए । स्वरसम्राट नारायण गोपालको २०४७ साल मंसीर १९ गते निधन भएको थियो ।
नेपाली सुगम संगीतको लागि स्मरणीय गायक÷संगीतकार अपरीभाषित गुणशाली श्रष्टा नारायण गोपालले स्वरसम्राटको उपाधि जनस्तरबाट नै पाएका हुन । २०४७ मंसिर १९ गते यस धर्तिबाट विदा लिए पनि स्वर सम्राट नारायण गोपालले संगित क्षेत्रमा पुराएको योगदानलाई नेपालीहरुले कहिले पनि भुल्न सक्दैनन । “ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउँला ।” यस्ता गित सुने पछि अधिकाशं मोहित हुने नै गर्छन् ।

बुबा सितारबादक आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सुपुत्रको रुपमा नारायण गोपाल विक्रम सम्बत १९९६ असोज १८ गते वुधवार काठमाण्डौमा जन्मेका थिए । स्वरसम्राटले करिब १ सय ४५ गीतमा स्वर र संगीत दिएका थिए ।

कमेन्टहरु
Loading...