जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लंघनको कारकः मन्त्रीपुन

पोखरा, १५ असार/प्रदेश नम्बर ४ का सामाजिक विकास मन्त्रीमाननीय नरदेवी पुनले हिंसा पीडित महिला र सहारा बिहीन बालबालिकाका लागि आश्रय स्थल आफ्नो प्रमुख प्राथमिकता रहेको बताएकी छिन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले आयोजना गरेको ‘मानवअधिकार अवस्था’ विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीपुनले सो कुरा बताएकी हुन् । जनचेतना र शिक्षाको अभावकाकारण मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना घट्ने गरेको बताउँदै मन्त्रीपुनले आफ्नो योजनामा सचेतनात्मक अभियानलाई समेत प्राथमिकता दिने बताईन् ।

वैदेशिक रोजगारीका कारण बढ्दो पारिवारिक बिखण्डन र बालबालिका प्रभावित भईरहेको बताउँदै मन्त्रीपुनले रोजगार मुलक तालिमलाई समेत प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा इन्सेक पोखराका संयोजक शिव खकुरेलले जनवरी देखि जुन २०१८ सम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार यस अवधिमाराज्य र गैरराज्यदुवै पक्षबाट भएकाविभिन्न७ सय १५ ओटा घटनामा ७ सय ७६ जना पीडित भए । गैरराज्य पक्षबाट ७ सय ६ र राज्य पक्षबाट ७० जना पीडित भएको इन्सेक पोखरा कार्यालयले अभिलेख संयोजक खकुरेलले बताए ।

यस अवधिमा प्रदेश नम्बर ४ मा राज्य पक्षबाट ६३ जना र गैरराज्य पक्षबाट ३ सय ४८ जना, यसैगरी प्रदेश नम्बर ५ का ६ जिल्लामाराज्य पक्षबाट ७जना र गैरराज्य पक्षबाट ३ सय ५८ जना पीडित भएको प्रतिवेदन संयोजकखकुरेलले प्रस्तुत गरेकाथिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले प्रहरी र न्यायीकनि कायमा पुगेका घटना धेरै भएको हुँदाति घटना पनि संकलनगर्न सुझावदिईन् । न्याय पाउनबाट बञ्चित भएमा मात्रै मानवअधिकार उल्लंघन हुने बताउँदै गर्तौलाले प्रहरीले गिरफ्तार गर्ने बित्तिकै मानवअधिकार उल्लंघन नहुने बताईन् ।

कमेन्टहरु
Loading...