पोखराको पृथ्वीनारायण क्याम्पसको प्रमुखमा अधिकारीको पदस्थापन

पोखरा, ३ वैशाख / पोखरा स्थित पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा नन्दलाल अधिकारीले मंगलबार पदस्थापन भएको छ । त्रिभुवन विश्वविद्यालयले पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा आइतबार नियुती गरेको थियो ।

निवर्तमान क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले अधिकारीलाई पदस्थापन गरेका थिए । थापाको चैत २८ गते अनिर्वाय अवकास सकिएपछि त्रिभुवन विश्वविद्यालयले अधिकारीलाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।

अधिकारी ८ वर्ष सम्म पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख भई काम गरी सकेका छन् । उनि कास्कीको धितालका पुर्व अध्यक्ष समेत हुन् । पदस्थापन कार्यक्रममा बाल्दै अधिकारीले आफु जति समय क्याम्पस प्रमुख रहेपनि क्याम्पसको भौतिक र शैक्षिक विकासमा लागि रहने बताए ।

निवर्तमान क्याम्पस प्रमुख थापाले अधिकारी क्याम्सको भौतिक तथा शैक्षिक विकासमा अहिले पनि संलग्न भएका कारण उहाँका पालामा अझ राम्रो काम हुने बताए । कार्यक्रममा प्रध्यापकहरुले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...