पोखरा नागढुङ्गामा शँकास्पद वस्तुले हल्हीखल्ली

पोखरा, ८ फागुन /पोखराको नागढुङ्गामा शँकास्पद वस्तु फेला परेको छ । जेब्रा झोलामा सडक पेटीमा भेटीएको हो । प्रहरीले त्यसलाई सुरक्षा दिएको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोली आउने प्रहरीले जाकारी दिएको छ ।

स्थानीयहरु हेर्न बाक्लो उपस्थिती रहेको छ । कार्यकर्ताको रिहाइको माग् गर्दै नेपाल बन्दको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीको बन्दको प्रभाव आज देशै भरी देखिएको छ।

केही मात्रामा निजी सवारी चले पनि सार्वजनीक सवारी भने बाटोमा कमै देखिएका छन। देशका बिभिन्न ठाउँहरुमा बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधन् माथी तोडफोड समेतको समाचारहरु प्राप्त भएका छन् ।

कमेन्टहरु
Loading...