नव आदर्श सामुदायिक विकास समाजको अध्यक्षमा कमल बहादुर थापा

पोखरा, २७ माघ /नव आदर्श सामुदायिक विकास समाज लामाचौरको १२ औँ अधिबेशनले कमल बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार समाज को भवन लामाचौरमा सम्पन्न अधिबेशनले द्वितीय उपाध्यक्ष बाहेक अन्य पदमा सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो ।

निर्बाचन अधिकृत दामोदर अधिकारी सहित नरेन्द्र बहादुर भण्डारी एबम प्रेम बहादुर बानियाको संयोजनमा समितिको प्रथम उपाध्यक्षमा रेश्मा शेरचन अधिकारी, द्वितीय उपाध्यक्षमा स्वागत सिंह भण्डारी सचिबमा दिनेश भण्डारी ,कोषाध्यक्षमा राजु सुनार, सहसचिबमा थिर बहादुर थापा र सह कोषाध्यक्षमा भगवती भण्डारी चयन भएका छन्। यस्तै सदस्यहरुमा धुर्ब बहादुर भण्डारी, रेनुका आचार्य, शारदा बस्नेत भण्डारी र तेज प्रसाद अधिकारी लाई चयन गरिएको हो ।

अन्य पद मा सर्बसहमत भएपनि द्वितीय उपाध्यक्ष पद को लागि निर्बाचन गरिएको मा निर्बा्चित स्वागत सिंह भण्डारी ले ८४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी धुर्ब केसी ले ४८ मत प्राप्त गरेका थिए । कुल १३३ मत खसेको मा १ मत बदर भएको थियो ।

नब नियुक्त अध्यक्ष थापा ले आफुलाई सर्ब सहमत रुपमा अध्यक्ष बनाई सामजिक कार्य गर्ने मौका दिने सबैमा धन्यबाद ब्यक्त गरेका छन्। समाज सामाजिक परिवर्तन सँगै बिकृती बिसंगतिको न्युनिकरण, सामाजिक, धार्मिक, नैतिक मूल्य र मान्यतालाई संरक्षण गर्दै शिक्षा स्वास्थ्य वातावरण सुधार, संस्कृतिको जर्गेना जस्ता क्षेत्रमा क्रियाशील रहेदै आई रहेको छ ।

कमेन्टहरु
Loading...