एन प्याव्सानको हाजिर जवाफमा डायमण्ड मोडल प्रथम

पोखरा, २६ साउन / नेशनल प्याव्सान कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा डायमण्ड मोडल प्रथम भएको छ । प्रतियोगितामा सिद्धार्थ लवडेल दोस्रो युनिभर्स इंलिस वोर्डिङ स्कूल तेस्रो र न्यू लेखनाथ पब्लिक सान्त्वना भएको छ ।

विजय समूहलाई प्रमाण पत्र मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा ४१ समूहको सहभागिता रहेको थियो । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा बोल्दै प्रमुख अतिथि प्रा.डा.विश्वकल्याण पराजुलीले नेपालको शिक्षा क्षेत्रमा निजि विद्यालयलयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका निजि संस्थाले धेरै आक्षेप खेप्न परेको छ’,उनले भने,‘निजि विद्यालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानलाई नदरअन्दाज गरिनु हुदैन ।’ नेशनल प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराइले पढाइको अलाव अतिरिक्त क्रियाकालपमा पनि कास्जी जिल्ला अव्बल सावित भएको उल्लेख गरे ।

नेशनल प्याव्सान गण्डकी प्रदेश प्रमुख यामबहादुर खड्काले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढु·ा सावित हुने बताए । नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले सवै क्षेत्रमा क्षमतावान भएका व्यक्ति मात्रै हाजिर जावफ प्रतियोगितामा भाग लिन सक्ने बताउदै प्रतियोगितामा सहभागि हुने सवै विद्यार्थी क्षमतावान भएको उल्लेख गरे ।

विज्ञ समूह संयोजक तुलसी प्रभासले वहिर क्षेत्रको ज्ञानका लागि प्रतियोगिता फलदायी हुने बताए । नेशनल प्याव्सान कास्कीका प्रथम उपाध्यक्ष तथा सहक्रियाकलाव विभाग प्रमुख शिवदत्त तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक शिवराज पौडेलले स्वागत र कार्यक्रम संयोजक समिति सदस्य अर्जुनप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...