सडक महोत्सवमा उत्कृष्ट गन्तव्य मुस्ताङका फोटो प्रर्दशनी शुरु

पोखरा, १४ पौष/अगेंजी नयाँ बर्षको अवसरमा यही पुष १३ गतेदेखि पोखरामा सुरु भएको सडक महोत्सवको अबसरमा मुस्ताङको झल्को देख्न पाईएको छ । विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्न सफल मुस्ताङ जिल्लाको धार्मिक, सांस्कृतिक, जैविक, पर्यटकीय तथा प्राकृतिक अबस्थाको बारेमा खिचिएका फोटोहरु महोत्सवमा प्रर्दशनी गर्नाले मुस्ताङको झल्को दिने भएको कार्यक्रम संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताए । musting photo pokharaआइतवारदेखि लेकसाईडको गौरी घाटमा फोटो प्रर्दशनी सुरु भएको छ । चारदिने फोटो प्रर्दशनीको उद्घाटन प्रेस स्वतन्त्रताका सेनानी तथा प्रेस काउन्सीलका सदस्य माधव शर्माले गरे । कार्यक्रममा बोल्दै शर्माले पत्रकारीतामा फोटोको महत्व धेरै भएको बताए । सयौ शब्दले बोल्ने कुरा एउटा फोटोले प्रष्ट पार्ने हुदा पत्रकारीतामा फोटोको महत्व बढी भएको यस्ता फोटो प्रर्दशनीले कुनै स्थानको महत्व बढी झल्काउने हुदा फोटो प्रर्दशनी आवश्यक भएको बताए ।

फोटो पत्रकार महासंघ नेपालको आयोजना, महासंघ मुस्ताङको सक्रियता तथा महासंघ कास्कीको व्याबस्थापनमा पोखराको लेकसाईडमा फोटो प्रर्दशनी भएको हो । महासंघ मुस्ताङका अध्यक्ष चन्द्रेश्वर बास्ताकोटी लगायत अन्य पत्रकार एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खिचेका ७५ वटा फोटो प्रर्दशनी गरीएको महासंघका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए । पोखराको फोटो प्रर्दशनी पश्चात एक महिनाभित्र काठमाण्डौ र दुई महिना भित्रमा मुस्ताङमा समेत उक्त फोटोहरुको प्रर्दशनी हुने भएको पौडेलले जनाए ।

जिल्ला विकास समिति मुस्ताङ र टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान क्षेत्रिय कार्यालय पोखराको बिषेश सहयोगमा संचालन भएको कार्यक्रम एक ठाँउको कार्यक्रम सम्पन्न गर्न एक लाख २३ हजार खर्च लाग्ने भएको महासंघले जनाएको छ । महासंघले यस अघि वेलायत, काठमाण्डौ, पोखरा, दमौलीमा“व्यास वाज वर्न ईन दमौली” नामक फोटो प्रर्दशनी गरेको छ । मुस्ताङको फोटो प्रर्दशनीले मुस्ताङको ऐतिहासिक तथा जैविक विभिधता प्राकृतिक एवं गुफाहरु, पुरातात्विक महत्व बोकेका सम्पदाहरुको प्रचार प्रसार गर्दै संरक्षण तथा संम्बद्र्धन गर्न जोड दिने भएको बताईन्छ । फोटोको महत्व बुझाउन पनि महासंघले फोटो प्रर्दशनीलाई जोड दिएको महासंघका महासचिव डम्मर अधिकारीले बताए । पर्यटकीय स्थल मुस्ताङका फोटोहरु रहेकाले विदेशी तथा स्वदेशी पर्यटकहरुले रुचि पुर्वक फोटो अवलोकन गरेको बस्ताकोटीले बताए ।

कमेन्टहरु
Loading...