पोखरमा च्याउ खादाँ ६ जना बिरामी

पोखरा, १३ साउन /पोखरा महानगरपालिका वडा नम्बर १ मा च्याउ खादा एकै परिवारका ६ जना विमारी परेका छन् । शनिबार बेलुका पोखरा महानगरपालिका १ बगर स्थितमा शिक्षा कार्यालय नजिकै रहेको तरकारी पसलबाट किनेर लगेको च्याउ पकाएर खादा उनीहरु विरामी परेका हुन् ।

विरामी हुने पोखरा १ बगर बस्ने बर्ष ३४ का भुवन घर्तिमगर, उनकी श्रीमती २९ बर्षिय मनमाया घर्तिमगर, उनी छोरी १७ बर्षिया रिना घर्तिमगर, ११ बर्षिय सन्दिप घर्तिमगर, १० बर्षिय सुमन घर्तिमगर र ७ बर्षिया सुषिला घर्तिमगर विरामी परेका छन् ।

उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । त्यस मध्ये अन्य सामान्य अवस्थामा आए पनि बाबु भुवन घर्तिमगरलाई आसियुमा राखेर उपचार गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...