देशकै उत्कृष्ट विद्यालयको पुरस्कार पाएपछि मदरल्याण्डमा खुसी साटासाट

पोखरा, २६ भदौ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता

दिवसको अवसरमा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय संस्थागत विद्यालयतर्फ देशकै उत्कृष्ट

विद्यालयको रूपमा पुरस्कृत भएपश्चात् विद्यालय विद्यार्थी तथा शिक्षकसँग खुसी साटासाट गरेका छन् ।

कृषि विकास, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र वार्ड नम्बर ७ का वडा

अध्यक्ष रामचन्द्र बरालले विद्यालय परिवारलाई बधाई ज्ञापन गरेका थिए ।

पोखरा महानगर पालिका वार्ड नं. ७, मासवारमा अवस्थित मदरल्याण्ड मा.वि. माध्यमिक शिक्षा परीक्षाका

आधारमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा देशभरका संस्थागत

विद्यालयहरूमध्येबाट उत्कृष्ट विद्यालयको रूपमा छनौट भई पुरस्कृत भएको हो । २४ वर्ष अगाडि स्थापना

भई झण्डै ४१ जना विद्यार्थीबाट पठनपाठन कार्य प्रारम्भ गरेको यस विद्यालयले निरन्तर रूपमा बालमैत्री

वातावरण सुनिश्चित गरी विद्यार्थी केन्द्रित पढाइ गर्दै आइरहेको छ ।

सौहार्द वातावरणमा, शिक्षक र विद्यार्थीहरूबीच अत्यन्तै राम्रो सम्बन्ध स्थापना गरी विद्यार्थीहरूले आफ्नो

पढाइको स्वामित्व समेत ग्रहण गर्ने गरी अध्यापन गराइने हुँदा त्यस विद्यालयले शैक्षिक क्षेत्रमा छोटो अवधिमा

उल्लेखनीय सफलता हासिल गर्न सफल भएको बताइएको छ । अघिकांश स्थानीय निम्न, मध्यम वर्गीय आय

भएका अभिभावकका बालबालिकाहरू अध्ययनरत त्यस विद्यालयले २०५७ सालमा पहिलो पटक आफ्ना

विद्यार्थीहरूलाई एस.एल.सी. परिक्षामा सामेल गराएको थियो । हरेक वर्षको एस.एल.सी.÷एस.ई.ई. परीक्षामा

उत्कृष्ट नतिजा प्रदान गर्न सफल विद्यालयलवाट हालसम्म २२५० भन्दा बढी विद्यार्थीले विद्यालय तहको

परीक्षा (एस.एल.सी.÷एस.ई.ई.) उत्तीर्ण गरिसकेको बताइएको छ । साथै हाल २३०० भन्दा बढी विद्यार्थीहरू

अध्ययनरत त्यस विद्यालयले २०७३ सालमा पश्चिमाञ्चाल क्षेत्रमा उत्कृष्ट संस्थागत विद्यालयको रूपमा

नेपाल सरकार शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको तथा २०७४ सालको एस.ई.ई. परीक्षामा संलग्न १५०

विद्यार्थी मध्ये ७ जना विद्यार्थीले ४ जि.पि.ए. सहित ११५ जनाले ए प्लस, २८ जनाले ए र ७ जनाले बि प्लस

ल्याई उक्त परीक्षा उत्तीर्ण गरेसँगै सो नतिजा देशमै सर्वोत्कृष्ट रहेको कुरा विद्यालयका निर्देशक त्रिभुवा शर्माले

जानकारी दिए ।

विद्यालयले प्राप्त गरेको सफलतामा अत्यन्तै लगनशील विद्यार्थी, मिहिनेती शिक्षक, शिक्षिका, सहयोगी

अभिभावक तथा शुभ चिन्तकहरूको महत्वपूर्ण भूमिका रहेकाले सम्पूर्ण सबैमा हार्दिक धन्यवाद तथा आभार

गरिएको थियो । विद्यालयले पुरस्कार स्वरूप प्राप्त गरेको तीन लाख रूपैयाँलाई आधाआधा गरी

शिक्षक/कर्मचारी कल्याणकारी कोषमा एक लाख पचास हजार र विद्यार्थी कल्याणकारी कोषमा एक लाख

पचास हजार प्रदान गरेको छ भन्दै विद्यालयका प्राचार्य नारायण बरालले प्राप्त सफलतालाई निरन्तरता प्रदान

गरी अझ बढी सफलता प्राप्त गर्ने, पठनपाठनलाई अझ प्रभावकारी बनाउने, मूल्य र मान्यतामा आधारित

शिक्षण पद्धतिलाई थप सुदृढ गर्ने अनि विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहितको शिक्षा मार्फत असल र कुशल

नागरिक बनाउने कार्यमा विद्यालय अझ बढी सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...