मदरल्याण्डले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिताको उपाधि बालमन्दिरलाई

पोखरा, २ जेठ /विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै पोखरा लेखनाथ ७ मासवारमा अवस्थित मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बालमन्दिर माविले जितेको छ ।

नदीपुरको बालमन्दिर माविले नगद १२ हजारका साथ ट्रफी र प्रमाणपत्र हात पारेको छ । त्यसै गरि शिशुनिकेतन मावि विरौटाले दोस्रो हुदै ९ हजार ट्रफी र प्रमाणपत्र, तृतीय हुने शीतलादेवी मावि माटेपानीले ६ हजार र सान्तोना हुदैँ मर्निङस्टार मावि नागडाँडाले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गरिएकोे हाजिरी जवाफ प्रतियोगितामा कास्की जिल्लाभरिका ३७ विद्यालयहरू सहभागी भएका थिए । एउटा विद्यालयबाट कम्तिमा एक जना छात्रा पर्ने गरी तीन जनाको समूह सहभागी भएको उक्त प्रतियोगिता छनौट, क्वार्टर, सेमीफाइनल र फाइनल गरी चार चरणमा प्रतियोगिता संचालन भएको थियो ।

विजयी विद्यार्थीहरुलाई प्रदेश नम्बर चारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण वस्नेतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालले हाजिरी जवाफ जस्तो बौद्धिक कार्यक्रमले विद्यार्थीहरूमा सबै क्षेत्रको ज्ञानको विकास गराउने बताए ।

विद्यालयका निर्देशक त्रिभुवन शर्माले कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई विद्यालयका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा पनि संचालन गर्ने बताए । प्रयास पौडेल र आर्यन जयसवाल अन्तिम चरणको क्वीज मास्टर रहेको उक्त कार्यक्रम संयोजक टेकनाथ पौडेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...