मोर्डन बेलीका लेखक संग पोखरेली पाठकको साक्षात्कार

पोखरा, २७ भाद्र/पोखरेली पुस्तक प्रेमीहरु माझ भर्खरै बजारमा आएको नेपाली उपन्यास मोर्डन बेलीका लेखक बिएन जोशीले पोखरामा साक्षात्कार तथा पुस्तक हस्ताक्षर कार्यक्रम शनिबार सम्पन्न गरेका छन् । सत्य कथामा आधारित उपन्यासको विषयबस्तु तनहुँ वरिपरी गाँउको भएको लेखकले बताए ।

हिमालयन रिडर्स कर्नर पालिखेचोकले पाठक र लेखक विचको साक्षात्कार कार्यक्रमको मेलो मिलाएको थियो । कार्यक्रममा बोल्दै युवा समिक्षक एवम पत्रकार राजकुमार बानियाले पुस्तकले मुलधारको लेखन शैलीलाई समात्न नसके पनि विषयबस्तुको ओजले पठनिय भएको उल्लेख गरे । उनले उपन्यासले चेलीबेटी ओसारपसारको दर्दनाक चित्र तथा त्यसले निम्त्याएको नारकिय जीवनलाई चित्रित गरेको बताए ।

र्याण्डम रिर्डस सोसाईटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले लेखक र पाठकको पुलको काम गर्दै आएको र्याण्डम रिर्डस सोसाईटीका लागि नया लेखक र नया पुस्तकको जन्म दुबै सुखद भएको उल्लेख गर्दै उपन्यासको सफलताका लागि शुभकामना दिए । उक्त अवसरमा बोल्दै ओम डेभलभमेन्ट बैंकका डेपुटी सिइओ बुद्धी मल्लले पाठक हुन सजिलो भए पनि लेखक हुन गाह्रो हुने भन्दै जोशीको लेखन यात्राको सफलताको कामना गरे ।

गीतकार शितल कादम्बिनीले पुस्तकले नारीको बेदनालाई समेटेकोले आफुलाई मन परेको सुनाए । कार्यक्रममा सहभागी पाठकहरुले लेखक संग पुस्तकका बारेका साक्षात्कार एवम हस्ताक्षर गरेका थिए ।

कमेन्टहरु
Loading...