माउण्ट कैलाश रिसोर्टमा नयाँ वर्ष विशेषमा इन्दिरा जोशीले नचाउने

पोखरा २९ चैत्र /नेपाली नया वर्षको अवसरमा माउण्ट कैलाश रिसोर्ट पोखराले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । अंग्रेजी तथा नेपाली नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष विविध कार्यक्रम गर्दै आइरहेको रिसोर्टले यो वर्ष पनि नेपाली नयाँ वर्षको अवसरमा आगामी चैत्र ३० गते विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

रिसोर्टले नयाँ वर्षको अवसरमा रिसोर्टमा आउने पाहुनाहरुलाई खानामा विशेष छुट प्रदान गर्ने भएको छन् भने चैत्र ३० गते साँझ विविध सांस्कृतिक कार्यक्रमको अयोजना गरिने रिसोर्टका सञ्चालक नरेश भट्टराइले वताए ।

गुरुङका अनुसार नेपाली नया वर्षको स्वागत स्वरुप चैत्र ३० गतेको राती नेपाली चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुती रहने छन् भने डिजे छेवाङको विशेष प्रस्तुती रहने छ । त्यसैगरी सांस्कृतिक कार्यक्रम संगै रिसोर्टमा रहेका विभिन्न रुमहरुमा समेत विशेष छुट संगै विभिन्न खानाका परिकारहरुमा समेत छुटको योजना ल्याएको रिसोर्टले जनाएको छ ।

कमेन्टहरु
Loading...