सुरक्षित मातृत्व विषयक सचेतना कार्यक्रम

पोखरा, १ फागुन । दिदी वहिनी बचाउ कास्की ं(एसओएस वहिनी) ले विहीबार कास्कीको सराङकोट गाविसमा सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा किशोरी तथा महिलाहरु गरि ३८ जनाको सहभागिता हरेको थियो ।

द लाईट हाउस कार्यक्रम संयोजक सविना आचार्यका अनुसार कार्यक्रममा सुरक्षित मातृत्व, प्रसुती अवस्था, गर्भावस्थाका खतराका अवस्था, आमा सुरक्षा कार्यक्रमबारे दिईने सुविधा, सुत्केरी अवस्था, नवजात शिशुको स्याहारको बारे सहजिकरण गरिएको थियो ।

कमेन्टहरु
Loading...