मर्निङग्लोरीमा टेस्ट परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको बिदाइ

पोखरा, २५ माघ।मर्निङग्लोरी एकेडेमी स्कुल भरतपोखरी–३ कास्कीद्वारा टेस्ट परीक्षा उत्तीर्ण गर्ने कक्षा १० का विद्यार्थीको शनिबार एक कार्यक्रमबीच बिदाइ गरियो। विद्यालय प्रा·णमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीले विद्यालयको आठौं व्याच कक्षा १० का विद्यार्थीलाई बिदाइ गरेका हुन्।कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज दैनिकका भाषा सम्पादक प्रेमनारायण न्यौपाने, मर्निङग्लोरी एकेडेमी स्कुलका संस्थापक प्रिन्सिपल शिवदत्त तिवारी, सहायक प्रिन्सिपल त्रिविक्रम दाहाल, एकेडेमीक डीन माधव कँडेल र निरीक्षक गणेश पौडेललगायतले अबिर खादा लगाएर मायोको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए। मर्निङग्लोरी एकेडेमीबाट ३९ जना विद्यार्थी आगामी चैत ७ गते हुने एसएलसी परीक्षामा सहभागी हुँदैछन्।

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले एसएलसी परीक्षा दिने विद्यार्थीलाई पाकेको माटोसँग तुलना गर्दै भविष्यमा आफूलाई कस्तो बनाउने भन्ने कुरा आफैले सोच्नुपर्ने र त्यसको छिनोफानो गर्ने माध्यम एसएलसी नै भएको दाबी गरे। उनले १० वर्षसम्म एउटै विद्यालयमा बसेर सँगै पढेका साथीहरूबीच विछोडिनुपरे पनि त्यसलाई सकारात्मक रूपमा लिँदै अध्ययनलाई राम्रो बनाउनुपर्ने विचार व्यक्त गरे।

विद्यालयका संस्थापक प्रिन्सिपल शिवदत्त तिवारीले सम्पूर्ण विद्यार्थीलाई एसएलसीको शुभकामना दिँदै विद्यार्थीले अभिभावक, शिक्षक तथा विद्यालयको इज्जत र प्रतिष्ठालाई ध्यानमा राखेर एसएलसी परीक्षामा राम्रो गर्न शुभकामना दिए। सो अवसरमा कक्षा १० का मनिषा बराल, कक्षा ९ का नवीन काÇले, कक्षा ९ का वीरेन्द्र विकले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थीले बिदाइ केक काटेर तथा गीत, नृत्य र चुट्किला भनेर रमाइलो गरेका थिए।२०५१ सालमा स्थापना भएको सो विद्यालयमा हाल पाँच सय १० जना विद्यार्थी अध्ययनरत छन्।

कमेन्टहरु
Loading...